Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खरको छानामा लागेको बारुलाको गोला पोल्दा घर जलेर नष्ट

Published on 9:36:00 PM //


सीता भण्डारी
गुल्मी, साउन ३१ । गुल्मीको पौदीअमराई गाविस स्थित एक व्याक्तिको घरमा आगलागी हुँदा करिव १ लाख वरावरको क्षति भएको छ । पौदीअमराई गाविसको वार्ड नं. १ निवासी लालवहादुर विकको खरले छाएको घर आगलागीवाट पुर्णरुपमा ध्वस्त भएपछि सो मुल्य वरावरको क्षति भएको स्थानीयवासीले जानकारी दिएका छन्। लालवहादुरका ६ वर्षीय छोराले खरको छानोमा लगाएको वारुलोको गोला पोल्दा आगलागी भएको वताईएको छ। आगलागीवाट अन्न लत्ताकपडा सम्पुर्ण जलेर नष्ट भएको त्यहाँवाट हरि चालिसेले जानकारी दिनुभएको छ। वेलुकी करिव ५ वजेतिर लागेको आगो स्थानीयवासीको सक्रियतामा डेढ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। आगलागीवाट मानवीय क्षति भने भएको छैन।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग