Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर्षा र बढीको पानीमै झँयाई पारीयो

Published on 11:10:00 PM //


हुनत शुभकार्यका बेला वर्षा हुनुलाई राम्रै संकेत मानिन्छ । तर कहिलेकाहीँ निकै ठूलो पानी परेर आँटेको काम गर्न पनि अप्ठेरो पर्छ । विवाहको दिन झरी पर्यो भने बेहुलाबेहुली तथा जन्तीलाई समेत आपत पर्छ ।
तर झरी लाग्यो भनेर विवाह जस्तो काम रोक्ने कुरा पनि भएन । त्यसैले होला फिलिपिन्समा हालैको भिषण बाढी र वर्षाका बिच पनि एक जोडी खुल्ला सडकमै बिहेपछिको चुम्बनमा लिप्त भयो ।
सोमबार मनिला चर्चमा विवाह गरेर बाहिर निस्किँदा निकै ठूलो पानी परिरहेको थियो र सडकमा बाढी पसेर डुबिडुबाउ थियो । तर यो जोडीलाई सडकको भेलले प्रेमलाई प्रदर्शन गर्न रोक्ने कुरो भएन ।
छाता ओढेरै भएपनि उनीहरु बाहिर सडकमा आए र एकअर्काको अँगालोमा बाँधिएर टङ किसमा मग्न भए ।
पानीले भरिएको सडकमा रुझीरुझी प्रेमालाप गरिरहेको यो जोडीलाई देख्दा बटुवाहरु पनि अचम्ममा परेका थिए । आखिर प्रेमजस्तो शक्तिशाली कुरालाई जाबो झरी तथा बाढीले कहाँ रोक्न सक्थ्यो र ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग