Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वेपत्ताको खोजिमा गुल्मी प्रहरी सक्रिय

Published on 2:31:00 PM //


पिएम मगर
गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मीले खोजतलासबाट ५७ जना वेपत्ताहरूलाइ फेलापारेको जनाएको छ । जिप्रका र मातहत प्रहरी ईकाइहरुको वडा एरियाबाट आ.व.२०६७/०६८ को अवधिमा ९५ जना र २०६८/०६९ को अवधिमा १०१ जना गरि जम्मा १९६ जना व्यक्तिहरु हराएकोमा तत्कालै प्रहरीको सक्रिय खोजतलासबाट उनीहरू फेला परेका प्रहरीले जनाएको छ । फेला परेकाहरूलाइ  अविभावक र परिवारको जिम्मा लगाउने कार्य पुरा गरिएको छ । बाँकी १३९ जना व्यक्तिहरुको अवस्था लामो समयसम्म जानकारी नभएपश्चात प्रहरीको सक्रियतामा गठन भएका टोल सुधार समिति र सञ्चारकर्मीको संयुक्त प्रयासबाट सञ्चालन गरिएको खोजतलास कार्यमा ७८ जना पुरुष, महिला र बालबालिकाहरु फेला परेका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले बताए । त्यसमा केहि घर फर्केका, बैदेशीक रोजगारमा गएका, अन्यत्र विवाह भै गएका र अन्यत्र डेरा सरि गएको अवस्था भएको देखिन्छ । बाँकि व्यक्तिहरुको बारेपनि आगामी दिनमा सक्रिय रुपमा खोजतलास गरिने र यस अभियानबाट धेरै व्यक्तिहरुको अवस्थावारे जानकारी प्राप्तभै ठुलो उपलव्धि भएको वैदवारले बताए । प्रहरीले अप्रेसन सर्च फर मिसिङ प्रसन नामको अभियान चलाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग