Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीजको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम गरिने, प्रवेश नि:शुल्क

Published on 2:26:00 PM //


अनिल खत्री
गुल्मी, भदौ ३ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रुपन्देही, नेपालले महिलाहरुको महान पर्व हरितालीका (तीज) को अवसरमा बृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । मौलिक कला र सस्कृतिको जर्गेना गर्न क्रियाशिल प्रतिष्ठानले यही भदौ २३ गते शनिबारका दिन बुटवलमा भब्य कार्यक्रम गर्ने तय गरेको हो । ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय गरी दुई दर्जन कलाकारको प्रस्तुती रहने कार्यक्रमको लागी विभिन्न समितिहरु गठन गरी तयारीलाई तीव्र पारिएको छ । प्रष्ठिान रुपन्देहीका कोषाध्यक्ष नारायण थापाको सयोंजकत्वमा आर्थिक उपसमिति र सदस्य मोदनाथ बेल्वासेको सयोंजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरी तयारी थालिएको छ ।
प्रवेश निःशुल्क रहने बृहत सास्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष पुरुषोत्तम न्यौपाने, निवर्तमान अध्यक्ष दुर्गा रायमाझी, बरिष्ठ उपाध्यक्ष चन्द्र शर्मा, प्रथम उपाध्यक्ष बद्री पगेंनी, महासचिव विष्णु खत्री, सचिव बिमलराज क्षत्री, कोषाध्यक्ष कृष्ण देवकोटा, पूर्व केन्द्रिय कोषाध्यक्ष ईन्द्र जि.  सी .को बिषेश प्रस्तुती रहने प्रतिष्ठानका रुपन्देही अध्यक्ष बैकुण्ठ महतले जानकारी दिनुभयो ।
यसैगरी  कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्यहरु पशुपति शर्मा, रामजी खाँड, नविन पौडेल, नारायण लेकाली, कृष्णा गुरुगं, रीता थापा, पूर्व केन्द्रिय सदस्यहरु मञ्जु पौडेल, लक्ष्मण खड्का, बसन्त श्रेष्ठले पनि आआफ्नो प्रस्तुती राख्नुहुनेछ । यसैगरी स्थानीय कलाकारहरुलाई पनि प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप लुम्बिनी अञ्चलका पाँच वटै प्रतिष्ठानका अध्यक्षहरु क्रमशः रुपन्देहीका बैकुण्ठ महत, नवलपरासीका प्रकाश पगेंनी, कपिलबस्तुका पूर्ण परियार, पाल्पाका हुम गैरे, अर्घाखाचीका रामप्रसाद अधिकारी र गुल्मीका रामचन्द्र चन्दले पनि दर्शकहरुलाई आ-आफनो कला र गलाले मनोरञ्जन प्रदान गर्ने तय भएको छ ।
यसैगरी कार्यक्रममा  राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान लुम्बिनी अञ्चल शाखा र रुपन्देही जिल्ला शाखामा आवद्ध कलाकारहरुको पनि प्रस्तुती रहने छ । कार्यक्रमको अवसर पारी रुपन्देही शाखाको शिफारिसमा आजिवन सदस्यता लिनुभएकाहरुलाई प्रमाणपत्र वितरण, परिचय पत्र वितरण तथा सम्मानको कार्यक्रम पनि राखिएको रुपन्देही शाखाका अध्यक्ष महतले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग