अब पुरुषका लागि पनि गर्भनिरोधक औषधि !
Published on
2:36:00 PM //
महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ । अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भ निरोधक औषधि खाने जिम्मा पुरुषको भाग पनि पर्न सक्ने देखिएको छ ।
बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औषधी निर्माण नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण भइसकेको छ । हाल महिलाका लागि गर्भ निरोधक औषधि उपलब्ध भएपनि पुरुषका लागि छैन् ।सेल नामक पत्रिकामा छापिएको अमेरिकी अध्ययनअनुसार उक्त औषधिले मुसाको यौन क्रियामा कुनै असर परेन भने प्रजनन क्षमता अस्थायी रुपमा रोकिएको छ । पुरुष गर्भनिरोधक औषधिको मानिसमा परिक्षण हुन भने बाँकी छ । बैज्ञानिकहरुका अनुसार अध्ययन निकै उत्साहवर्द्धक छ । पुरुषका लागि गर्भनिरोधक औषधि नभएका कारण पनि ठूलो संख्यामा अनियमित गर्भधारण हुन गरेको तथ्य पत्ता लागेपछि बैज्ञानिकहरु औषधी निर्माणमा जुटेका थिए ।
बैज्ञानिकहरुका अनुसार रगतको माध्यमबाट पुरुषको अण्डकोषमा जाने औषधि निर्माण गर्नु भने निकै चुनौतिपूर्णर् छ । डाना-फार्बर क्यान्सर डिन्स्टीच्युट एण्ड बाइलर कलेज अफ मेडिसिनमा अमेरिकी शोधकर्ता ‘जेक्यू १’ नामक औषधिको परीक्षण गरिरहेका छन् । यो औषधि प्रटोनको उक्त तत्वलाई मात्र नियन्त्रण गर्छ जुन अण्डकोषमा मात्र पाइन्छ र शुक्रकिट उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ ।
औषधि परिक्षण गरिएको मुसाको अण्डकोष सुक्दै गयो र शुक्रकिट कम उत्पादन हुन थाल्यो भने केही प्रजनन क्षमता समेत गुम्यो । औषधी प्रयोग गर्नु अघि भने उक्त मुसाको प्रजनन क्षमता सामान्य थियो र बच्चा उत्पादन हुँदै आएको थियो । शोधकर्ताहरुले यसलाई पुरुषका लागि पनि गर्भनिरोधक औषधि निर्माण गर्न सकिने संकेतका रुपमा लिएका छन् ।
अन्लाईन खबर डट कम









