Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको नयाँ परिचयः टेलिफोनमा धेरै खर्च गर्ने जिल्ला

Published on 8:23:00 PM //


काठमाडौं– गुल्मी जिल्लालाई झट्ट सम्झँदा तपाईं के भनेर सम्झिनुहुन्छ ? कफी उत्पादन, धेरै साक्षरता भएको, महिला साक्षरता धेरै भएको ।
यत्ति नै हैन त ? तर अहँ । अब गुल्मीको परिचय सूचना प्रविधिको युगमा फेरिएको छ । अब गुल्मीलाई टेलिफोनमा धेरै खर्च गर्ने बासिन्दा जन्माउने जिल्लाका रूपमा पनि चिनिन थालेको छ । यसबाहेक खेत बेचेर छोराछोरी पढाउने, धेरै निजामती कर्मचारी उत्पादन गर्ने भन्ने त छँदै थियो ।
राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो चर्चाले पनि प्राथमिकता पायो । अवसर थियो, गुल्मेली मुख्यसचिव लीलामणि पौडेलको सम्मान कार्यक्रमको ।
कार्यक्रममा पौडेलले पनि भनिहाले, “मुलुक र गुल्मीवासीले शिर निहुराउने काम आफूले गर्ने छैन ।”
मुख्यसचिवको जिम्मेवारी भए पनि अन्यायमा परेका गुल्मीवासीलाई सहयोग गर्न भने आफूले प्रयत्न गर्ने बताउँदै मुख्यसचिव पौडेलले जिल्लाको सामाजिक विकास र सकारात्मक परिवर्तका लागि रचनात्मक र सिर्जनशील काममा ध्यान दिन गुल्मीवासीलाई सुझाव दिए ।
सो अवसरमा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राजनीतिले बाटो बिराएको बेला मुख्यसचिवको कार्यभार सम्हाल्नु भनेको एउटा निजामती कर्मचारीका लागि अवसर र चुनौती दुवै भएको बताए ।
राजनीतिक संयन्त्र, कर्मचारीतन्त्र, नागरिक समाज र गुल्मी समाज मिलेर काम गरेको खण्डमा जिल्लाको विकास निर्माणमा निकै ठूलो उपलब्धि हासिल गर्न सकिने उनले उल्लेख गरे ।
नेपाली कांग्रेसका युवानेता चन्द्र भण्डारीले आफ्नो सत्य र इमान्दार छवीलाई जोगाएर काम गर्न मुख्यसचिव पौडेललाई सुझाव दिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग