Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४५ बर्षीय आफ्नै ठुली आमाको बलात्कार गरी हत्या (भिडियो समाचार)

Published on 10:20:00 PM //


ललितपुरको लेलेमा नातालले आफ्नै ठुली आमा पर्ने लाई  सामूहिक बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेकालाई कारबाही माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
साउन १५ गते स्थानीय ४५ वर्षीया सानुमाया कुँवरको हत्या अभियोग लागेका २१ वर्षीय विनोद कुँवरलाई कारबाही माग गर्दै स्थानीय प्रहरी वृत्त घेराउ गरेका हुन् । स्थानीयको प्रदर्शनले वृत्त क्षेत्र तनावग्रस्त भएको छ ।
लेले गाविस- ७ काफलडाँडाकी कुँवरलाई बलात्कारपछि आफ्नै घरको एकतला माथि निदालमा पटुकाको पासो लगाई मृत्यु भएको अवस्थामा साउन १५ गते फेला पारिएको थियो । पछि उनलाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो ।
बलात्कार आरोपी कुँवर भने सोमबारमात्रै पक्राउ परेका हुन् । स्थानीयवासीले बलात्कारीलाई प्रहरीले कारबाही गर्ने तदारुकता नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग