Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा युएईव्यापी भलिवल प्रतियोगिता हुने

Published on 8:27:00 PM //


लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । मुस्लिम धर्मालम्वीहरुको महान चाड ईदको अवसरमा दुबईको अलकुजस्थित बलदिया खेल मैदानमा स्थानीय विभिन्न नेपाली खेलाडी टिमहरुको बीचमा प्रतिस्पर्धाक युएईव्यापी भलिवल प्रतियोगिता सम्पन्न हुने भएको छ । बागलुङ सेवा समाज युएई अन्तर्गत खेलकुद समितिको आयोजना तथा केन्द्रीय सचिव केदारसिंह नेपालीको संयोजकत्वमा हुने भलिवल प्रतियोगिता मुस्लिम कानुन अनुसार ईदको चांद निस्केपछि मात्र ईद मनाउने प्रचलन भएको हुनाले ईदको दिन पारेर भलिवल प्रतियागिता गराइने आयोजकले जनाएको छ । सो प्रतियोगिता ईदको पहिला दिन र दोस्रो दिन गरी दुई दिनसम्म हुने भएको छ । उक्त प्रतियोगिताको लागि खेलाडी टिमहरुले समयमै आफ्नो टिम दर्ता गराउनु पर्ने र दर्ता शुल्क १५१ दिराम तिर्नु पर्ने प्रावधान रहेको छ । नेपालीहरुको धेरै संख्यामा बसोबास रहेको अलकुज एरियामा सम्पन्न हुन गई रहेको खेलमा विगतमा झै यसपालि पनि दर्शकहरुको ठूलो जमघट हुने सम्भावना रहेको छ ।
दर्शकहरुलाई खेलको मैदानभित्र निःशुल्क प्रवेशको व्यावस्था गरिएको छ । सो अवसरमा युएईस्थित रहनु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, खेलप्रेमी, समाजसेवी र पत्रकारहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ । भलिवल प्रतियोगितामा विजय हुने टिमहरुलाई आकर्षक पुरस्कारको पनि व्यावस्था गरिएको छ । जसमा प्रथम पुरस्कार १ हजार दिराम, कप, मेडल र प्रमाण–पत्र रहेको छ भने द्धितीय पुरस्कार ५ सय दिराम, कप, मेडल र प्रमाण–पत्र रहेको छ । त्यस्तैगरी तृतीय पुरस्कार २ सय दिराम, कप, मेडल र प्रमाण–पत्र राखिएको छ । अन्य उत्कृष्ट खेलाडीहरुको लागि पनि आकर्षक पुरस्कारहरुको व्यावस्था गरिएको छ ।
भलिवल खेल प्रतियोगिताको बारेमा कुनै पनि आवश्यक जानकारी गर्नको लागि सम्पर्क नम्बरहरु खेल संयोजक केदारसिंह नेपाली ०५५ ७७५४२३६, खेलकुद अध्यक्ष देवबहादुर थापा ०५०८५५१११६२, खेलकुद सचिव किरण थापा ०५५ ६०३७४२२, खेलकुद कोषाध्यक्ष नविन छन्त्याल ०५५ ७३३७३२७, केन्द्रीय अध्यक्ष गोपाल कंडेल ०५५ ५५७८१५८, केन्द्रीय कोषाध्यक्ष पिताम्बर पाण्डे ०५० ८९४४२७५ रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग