Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय जनमोर्चा भदौ महिनाभर संगठन बिस्तारमा

Published on 8:27:00 PM //


अनिल खत्री
गुल्मी, भदौ ३ । राष्ट्रिय जनमोर्चाले भाद्र महिना भर देशैब्यापी रुपमा संञ्चालन गरेको संगठन बिस्तार अभियान अन्तर्गत यस् अभियानलाई जिल्ला कार्य समिती गुल्मीले पनि तिब्रता दिएको छ । यसै क्रममा आज गुल्मीका बिभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाको संगठन बिस्तार गरिएको छ ।
गुल्मीको जिल्लाको धुर्कोट गाबिसमा तुल बहादुर घर्तिको अध्यक्षतामा ७ सदस्यसिय गाउँकार्य समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा तेज बहादुर घर्ति, सचिवमा याम बहादुर के सी, कोषध्यक्षमा रिता कुवँर रहनु भएको छ । त्यस्तै गुल्मी जिल्लाको ठुलो लुम्पेक गाबिसको वाड नं. १ मा पनि इश्वरी रानाको अध्यक्षतामा ७ सदस्यसिय गाउँ कार्य समिती गठन गरेको छ जसको सचिवमा मोतिलाल राना, कोषध्यक्ष मानसिंह राना रहनु भएको छ । कार्यक्रमा राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिती गुल्मीका अध्यक्ष जिवन राना, उपाध्यक्ष रामेश्वर खत्रीको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग