Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासको एक रेस्टुरेन्टमा भेटियो किरा सहितको फ्याण्टा

Published on 7:29:00 PM //


प्रेम सुनार
गुल्मी २२ साउन । विभिन्न पेय पदार्थको विज्ञापन टेलिभिजनमा देख्दा भर्खरै पिउँ जस्तो लाग्छ होला तर ख्याल गरौं त्यस्ता पेय पदार्थ भित्र किरा लगायतका किटाणु पनि हुन सक्दछन् । त्यसको उदाहरण बनेको छ बहुचर्चित पेय पदार्थ फ्यान्टा । जुन पदार्थ पिउन लाग्दा तम्घासका एक बालकले झण्डै किरा निल्नु परेन । तम्घास बषपार्कस्थित रेसुङ्गा मःमः सेन्टरमा त्यसै परिवारका वालकले फ्यान्ट पिउन लाग्दा किरा मुखमा परेको र थुकेर हेर्दा त्यस्तै किरा उक्त सिसी भित्र अरु पनि देखिएको थियो । सेन्टरका संचालक तेजबहादुर गुरुङ्गले भन्नु भयो, “वावुले पियो, थुकेर हेर्दा त किरा ” सन २०१० मा उत्पादित मिती देखिएको उक्त फ्यान्टा गुरुङ्गले १ महिना अघि मात्र ल्याएको बताउनुभयो । स्मरण रहोस गत बर्ष पनि वियर र फ्यान्टको सिसीमा लेउ भेटिएको थियो । यसर्थ फेशनकारुपमा त्यसता पेय पदार्थ पिउनु भन्दा हाम्रा पिता पुर्खाले झै हाम्रै गाउँको चिसो पानी पिएर स्वास्थ्यकर जिवन ज्युने कि ?

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग