Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा पोखरीमा डुवेर एक जनाको मृत्यु, एकको उद्धार

Published on 11:41:00 AM //


घनश्याम गौतम
गुल्मी, २२ साउन– गुल्मीको धार्मिक स्थल रेसुंगा पोखरीमा डुबेर आज विहान एक युवकको ज्यान गएको छ ।
रेसुंगा क्षेत्र घुम्न र स्नान गर्न आएका गुल्मीकै दिब्रुङ्ग गाविस–५ सराङ्गका १९ वर्षीय मिनप्रसाद सापकोटाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनीसंगै डुबेका दिब्रुङ्ग गाविस–९ अर्जेवाका १८ वर्षीय अर्जुन खरेलको कालिदत्त गुल्मका सैनिक र प्रहरीले तत्कालै उद्धार गरेकोले ज्यान जोगिएको प्रहरी नायउ उपरिक्षक राजकुमार बैदवारले बताउनु भएको छ ।
दिब्रुङ्ग गाविसका ८ जना साथीहरु भएर आइतवार रेसुंगा घुम्न र पोखरी स्नान गर्न आएको मृतक सापकोटाका साथी दिपक सापकोटाले बताउनु भयो । कहिल्यै पौडी नखेलेका दुवै जना पोखरीमा नुहाएपछि पौडी खेल्न थालेका थिए । पौडी खेल्न पोखरीमा पसेको केहीबेरसम्म ननिस्केपछि प्रहरीलाई खबर गरेका थिए । पोखरीमा दुई जना डुबेको खबर पाउना साथ तम्घासबाट गएको प्रहरी र सैनिकहरुले उद्धार गरेकाले एक जनाको ज्यान जोगिएको कालीदत्त गुल्म तम्घासले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग