Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ १७० किलोको खसी (भिडियो)

Published on 12:50:00 PM //


तनहुँ स्याम्घा गाविस अम्रेनीका किसानले पालेको १ सय ७० केजिको खसी ५० हजार मुल्यमा गैडाकोट ४ काग्रेस चोकका युवाहरुल्ो खरिद गरेका छन् । गैडाकोटका दिनेश राज न्यौपाने, मोती राम घिमिरे, श्रीराम सुवेदी लगायत ८ जनाको समुहले खरिद गरी ल्याउनु भएको हो । ४ वर्ष ३ महिना २७ दिनको खसिलाई गाडिभाडा सहित ६० हजार परेको दिनेश राज न्यौपानेले जानकारी दिनुभयो ।
किसानले पनि बाख्रा पालन गरेर राम्रो आम्दानि गर्न सक्ने र विदेशमा गएर १० २० हजारमा दुख गर्नु नपर्ने एउटा उदाहरण दिनको लागि आफुहरुले खसि खरिद गरेको न्यौपाने ले जानकारी दिनु भयो । मासुको लागि उपयोग गरिने बाख्रालाई एउटा व्यवसायको रुपमा अपनाएर आफ्नै देशमा पालन गर्न सके विदेशको भरमा बस्नु नपर्ने र ताजा राम्रो मासु आफ्नै ठाउमा उत्पाद गर्न सकिने उहाको भनाई छ । पशुलाई मासुको लागि नै उपयोग गरिने भएकोले आफुले पनि खरिद गरी ल्याएको खसिलाई केहि दिन पछि मासुको लागि नै उपयोग गरिने उहाले बताउनु भयो ।

(भिडियो हेर्न तल क्लिक गर्नुहोला ।)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग