Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोक गायिका सम्झना लामिछाने मगर तीज मनाउन दुबई आउने

Published on 11:40:00 AM //


लालबहादुर ढेंगा,
दुबई । अर्घाखांचीको जकेना–९, मा जन्म भई हाल काठमाण्डौंमा बसोबास गर्दै आएकी नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायिका सम्झना लामिछाने मगर आगामी ७ सेप्टेम्बरमा अबुधावीमा र १४ सेप्टेम्बरमा दुबईमा हुने तीज कार्यक्रमको लागि आउने भएकी छिन् । आफ्नै एल्बम “आंसु तथा सालैजो”, “तीजमा नाच्नेहो ढलकी ढलकी” र सम्झना लोक भिसिडीबाट चर्चा कमाउनमा सफल भएकी थिइन् भने मिलन लामाको दोहोरी गीत “यूरोप जर्मनी” र “पहिला फोनमै कुरा गर्ने" लगायत दर्जनौ गीति एल्बमबाट पनि ख्याति कमाई सकेकी छिन् ।
आगामी ७ सेप्टेम्बर शुक्रबारका दिन अबुधावीको ईण्डियन सोसियल सेन्टरमा नेपाली जनसम्पर्क समिति युएई अबुधावी क्षेत्रीय समितिको आयोजनामा हुन गईरहेको महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा अथिति कलाकार गायिका सम्झना लामिछाने मगर र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिमा रंगारंग तीजको सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ । उक्त कार्यक्रमको लागि आयोजकहरु पनि उत्साहका साथ तयारीमा लागि परेको जनसम्पर्क समितिका सह–महामन्त्री चन्द्रबिक्रम सारु मगरले बताए ।
त्यस्तैगरी आगामी १४ सेप्टेम्बरका दिन दुबईको ईम्पिरियल स्वीट्स होटलमा नेपाली कल्याणकारी समिति युएईको आयोजनामा हुन गईरहेको हरितालिका तीजको कार्यक्रममा पनि अतिथि कलाकार सम्झना लामिछाने मगरका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरु रेखा घिमिरे, सुमन उदय, ज्ञानु लामा, रविन आर्दम, गणेश पण्डित, उमेश राई, भावना ढकाल, डिजे फरे, आशिष पुरुष र माईनस प्लस संगौलाको रमाइलो प्रस्तुति रहने छन् । सो तीजको कार्यक्रम खासगरी काठमाण्डौंको कालिमाटीस्थित दिलशोभा श्रेष्ठद्धारा संचालित “आमा घर” बालबालिका तथा बृद्ध आश्रमको सहयोगका लागि गरिएको जानकारी कल्याणकारी समिति युएईका अध्यक्ष ममता विष्टले दिईन् । यसपालिको तीजलाई भव्य रुपमा मनाउनका लागि सम्पूर्ण आयोजकले कडा मेहनत गरेको कार्यक्रम संयोजक बविता रास्कोटी मगरले बताईन् भने कार्यक्रमलाई रोचक र संगीतमय बनाउनका लागि सम्पूर्ण कलाकारहरुलाई समेटिएको सांस्कृतिक संयोजक रेखा घिमिरेले बताईन् ।
पहिलो दिदीबहिनीहरुसंग तीज मनाउन पाउंदा सम्झना लामिछाने मगर पनि निकै उत्साहितमा रहेकी छिन् । उनी युएईमा लगभग १५ पटक युएईमा आएर युएईका दाजुभाई दिनसम्म रहने छिन् । युएईका दर्शकहरु पनि नौलो कलाकारका साथ तीज मनाउन पाउने भएको हुनाले निकै खुशीमा देखिन्छन् । यसपालिको महिलाहरुको महान चाड हरितालिका तीजले देश तथा बिदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुमा प्रगति र समबृद्धि ल्याओस् र गायिका लामिछाने मगरको पनि युएई भ्रमण सुखमय र सफल रहोस भन्ने यहि कामना छ । 


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग