Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दिब्रुङ प्रबासी समाज दोहा कतारको मासिक बैठक सम्पन्न

Published on 5:49:00 PM //


लोकनाथ अर्याल
साउन २७, दोहा कतार ।  दिब्रुङ प्रबासी समाज, दोहा कतारको मासिक बैठक शुक्रबार सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष श्री प्रेम प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा सँस्थाका अन्य पदाधिकारी लगायत कतारमा बसोबास गर्दै आएका गुल्मेलिहरुको उपस्थिति रहेको थियो । हरेक महिनाको दोश्रो शुक्रबार बस्दै आएको मासिक बैठक यो महिनाको पनि  सुक्रवारको दिन सम्पन्न भएको हो । उक्त बैठकमा गाउँमा भएका बिभिन्न समस्याहरुको लागि दिब्रुङ प्रवासी समाजद्वारा सहयोग गरिने कुरा उल्लेख गरियो । प्रवासमा रहनु भएका सम्पूर्ण गुल्मी दिब्रुङका मित्रहरुद्वारा सन्चालित दिब्रुङ प्रवासी समाज दोहा कतारको हरेक महिनाको बैठकमा आफु स्वयं उपस्थीत भई आफ्नो सदस्यता लिन सकिने कुरा पनि सँस्थाले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग