Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज हङकङको अध्यक्षमा नेत्र पहराई

Published on 10:18:00 PM //


२६ अवष्ट २०१२, गुल्मी समाज हङकङको पांचौ अधिवेशन युनलुङ स्थित संग्रिला कररी हाउसमा गुल्मी समाजका निवर्तमान सल्लाहकार श्री नेत्र पहराईमगरलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ ।

गुल्मी समाज हङकङको पांचौ अधिवेशन कार्यक्रमको समुदघाटन प्रमुख अतिथि समाज सेवी तथा समाजका सल्लाहकार श्री कुल बहादुर बुराथोकीमगरले गरेका थिए । प्रमुख अतिथिले आफनो शुभकामना मन्तव्यका क्रममा आफू गुल्मीबासी भएकोमा गर्वलाग्ने वताउदै समाजको वृहत हितका लागि आफू समाजका हरेक क्रियाकलापमा संलग्न हुदै गुल्मीबासीहरुको हितका लागि कार्य गर्ने वताए ।

खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा गरिएको थियो । बन्द सत्रमा प्रस्तुत कार्य प्रतिवेदन, समाजको विधान र आर्थिक प्रतिवेदन छलफल पश्चात सर्वसम्मत पारित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समाज सेवी तथा समाजका सल्लाहकार श्री कुल बहादुर बुराथोकीमगर रहेका थिए । अन्य अतिथिहरुमा समाजसेवी एसबी दर्लामी, संस्थापक अध्यक्ष तिलक गाहा पूर्व अध्यक्ष दिल बहादुर बुढाथोकीमगर लगायत अन्य विभिन्न महानुभावहरु पनि अतिथिकारुपमा रहेका थिए ।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष पाण्डु श्रीसमगरले गरेका थिए, भने संचालन समाजका सल्लाहकार श्री थल श्रीसमगरले गरेका थिए । उपस्थित महानुभावहरुलाई समाजका उपाध्यक्ष सोम थापामगरले स्वागत गरेका थिए ।

उक्त अधिवेशनले निम्नलिखित महानुभावहरुलाई सर्वसम्मतले निर्वाचित गरेको थियो ।

अध्यक्ष: नेत्र पहराई मगर, उपाध्यक्ष: सोम थापामगर उपाध्यक्ष: दुर्गा गुरुङ, सचिव: थल श्रीस मगर, सह सचिव: मदन पुन कोषाध्यक्ष: निल बुढाथोकी सहकोषाध्यक्ष: चेत बहादुर गुरुङ

सदस्यहरु,

नारायण थापा, महेन्द्र राना, विनोद थापा, चन्द्र गुरुङ, कुल ब थापा, प्रकाश नेपाली, बालसिंङ थापा, लिल पुन, भिम गुरुङ, धन बहादुर रेग्मी, नरमाया काउछा र माया थापा रजाइली सर्वसम्मत निर्वाचित भएका छन ।

हङकङ नेपाली डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग