अन्योलले सुधार गर्ने अवस्था छैनः मुख्य सचिव
Published on
4:16:00 PM //
धुर्कोट , भाद्र १४ - मुख्य सचिव लीलामणि पौडेल ले कर्मचारी प्रशासनमा सुधारको अनिवार्यता भए पनि देशमा राजनीतिक अन्योलले गर्दा सुधार गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
गृह जिल्ला गुल्मी आइपुगेका नेपाल सरकारका मुख्य सचिव पौड्यालले नेपाल पत्रकार महासङ्घ गुल्मीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सुधारका लागि कानुन बनाउने अवस्था नरहेको र अध्यादेश ल्याउँदा आलोचनामात्रै भएकाले अहिले कर्मचारीतन्त्रमा सुधारको अवस्था नरहेको बताए । ‘अहिले ठूलो सुधार सम्भव छैन, किनकि ऐनकानुन संशोधन गर्दा अध्यादेशका कुरा उठ्छन्’ पौडेलले भने, ‘त्यसैले अहिले देशको अवस्थाले गर्दा कर्मचारी प्रशासनमा ठूलो सुधार गर्न सक्ने अवस्था छैन ।’

कर्मचारी औपचारिक कार्यक्रममा गएर समय बिताउने प्रवृत्तिको अन्त्य गर्न पहल सुरु गरिएको उनले बताए । ‘देशमा औपचारिक कार्यक्रमले अनावश्यक खर्च र समय लिएको कुरालाई समेत सरकारले नयाँ ढङ्गबाट काम गर्न सुरु गरेको छ,’ पौडेलले भने, ‘उपस्थित भएका जतिलाई आसनग्रहण र दिनभरि भाषण हुने गर्छ, औपचारिक कार्यक्रममा उपलब्धी कम र समय र खर्च बढी हुने गरेको छ । रासस