Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा ब्याडमिन्टन खेलसुरु

Published on 6:50:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ ७ । बिहीवार देखि ब्याडमिन्टन खेल प्रतियोगिता गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको छ । गौरी शंकर ब्याडमिन्टन खेल विकास समिति उदिनढुङ्गा, मिलनचोक तम्घासले आयोजना गरेको प्रतियोगितात्मक खेलको जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष महेश काउछाले आज एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । आदर्श विद्या आश्रम सेकेन्डरी बोर्डिङ्ग स्कुल खेल मैदानमा आजदेखि सुरु भएको खेल ४ दिनसम्म चल्ने आयोजक समितिका सचिव राजु कुंवरले जानकारी गराउनुभयो । कुल १२ टिम सहभागि खेलको उद्घाटन प्रतियोगिताको पहिलो गेममा जयश्वर पन्थी र हरी पाण्डे विजय हुनुभएको छ । उहाँहरुका प्रतिस्प्रधि दुर्गा पाण्डे र झवि पाण्डे हुनुहुन्थ्यो । फाइनल गेममा प्रथम हुनेलाई १० हजार नगद पुरस्कार र प्रमाण पत्र दिइने बताइएको छ ।
उद्घाटन कार्यक्रममा सो खेलका जिल्ला अध्यक्ष महेश काउछा , जिल्ला प्रशासन कार्यालय मुद्दा फाँट प्रमुख समेत रहेका जयश्वर पन्थी लगाएतका वक्ताहरुले पछिल्लो पटक विभिन्न खेलमा बालक देखि वृद्धसम्म आकर्षित हुँदै गएकोले सम्बद्ध पक्षले थप हौसला बढाउनु पर्नेमा जोड दिएका थिए । गौरी शंकर ब्याडमिन्टन खेल विकास समिति उदिनढुङ्गा मिलनचोक तम्घासका अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रको सञ्चालन सचिव राजु कुंवरले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग