Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा २४ घण्टामा ३ दुर्घटना १४ को मृत्यु, चलकको लाहपर्वाही दुर्घटनाको कारण

Published on 2:56:00 AM //

दर्जनौं घाइते
प्रेम सुनार
गुल्मी, भदौ २४ । शनिबार साँझ ट्याक्टर दुर्घटनामा विरवासमा एक जनाको ज्यान गयो । त्यसको १२ घण्टा नबित्दै श्रृङ्गा र लुम्छाको बीच स्यालखोला भीरबाट बस पल्टीदा दर्जन भन्दा बढीको मृत्यु भयो लगत्तै अर्खलेमा जीप दुर्घटनामा ४ जना गम्भीर घाइते भए । यसरी २४ घण्टा नवित्दै तिन दुर्घटना दर्जनभन्दा बढीको मृत्यु र दर्जनौँ घाइते हुनुमा सवारी चालकको लापर्वाहीको परिणाम भएको सरोकारवालाले टिप्पणी गरेको छन् ।
लु २ त २८७ नं.को ट्याक्टरले कोचेर वीरवास २ का ७० वर्षका धनबहादुर परियारको हिजो साँझ ज्यान गएको थियो । तमघासबाट काठमाण्डौं तर्फ हिडेको लु १.ख ५५३८ नं को डाँक बस लुम्छा र श्रृङ्गाको बीचमा पर्ने भीरबाट खस्दा यो खबर तयार पार्ने समयसम्म १३ को मृत्यु र दुई दर्जन बढि मानिस घाइते भएका छन् । लगत्तै ईश्माबाट आइरहेको लु.१.ज. १९५६ नं.को जीप अर्खले ७ मा दुर्घटना हुँदा अर्खले ५ का रुक्मागंत खनाल, ईश्मा २ की पार्वती खत्री सोही स्थानका हिमबहादुर विष्ट र सुरज विष्ट गम्भीर घाइते भएका छन् ।
बाटोबाट निकै तल स्थानिय कच्ची सडकमा खस्दा बस टुक्रा–टुक्रा थियो । दुर्घटना थाहा पाउनसाथ प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, कालिदत्त गुल्मीका गुल्मपति मनोज थापा, निमित्त प्रहरी प्रमुख जितेन्द्र कुमार बस्नेत सहितको टोली सँगै स्थानियबासी समेतले उद्धार गरेका थिए ।
दुर्घटना लापरवाहीकै कारण भएको सरोकारवालाहरुले प्रतिक्रृया दिएका छन । यतिबेला गुल्मी शोकमग्न भएको छ । शोकको घडीमा जिल्लाभरका अधिकाशं शिक्षण संस्थाहरु र गुल्मी उद्योग वाणिज्य संघले तम्घास बजार बन्द गराएको छ । संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले पुराना गाडि र नयाँ अर्धदक्ष चालकको लापरवाहीको कारण गुल्मीमा दुर्घटना बढेको प्रतिकृया दिएका छन । नागरिक समाज गुल्मीका सचिव पदमप्रसाद पाण्डेले पनि चालकहरुको लापरवाहीकै कारण दुर्घटना बढ्दै गएको र सम्बन्धीत पक्ष न्युनिकरण गर्ने तर्फ नलागेको आरोप लगाए ।
दुर्घटना स्थल सदरमुकाम तम्घासबाट २२ किलोमिटरको दुरीमा छ । घाँस काट्न मान्छे समेत जान नसक्ने उक्त भिरमा यात्रीहरुको सामान यत्रतत्र छरिनुका साथै कतिपय मृतकका अंगहरु यत्रतत्र  छरिएका थिए । गूल्मीमा ५वर्ष पछिको यो सबैभन्दा ठुलो दुर्घटना रहेको बताइन्छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग