Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी बस दुर्घटनाको बिभत्स दृश्य (तस्बिर समाचार)

Published on 8:38:00 AM //

हिजो आईतवार बिहानै गुल्मीमा घटेको दुर्घटना सम्बन्धी दार्दनाक समाचार त गुल्मीन्युज डट कम लगायतका संचार माध्यमहरुबाट यहाँहरुले थाहा नै पाईहाल्नुभयो । दुर्घटनास्थल अनी सदरमुकाम तम्घासबाट गुल्मीन्युज सहकर्मिहरु घनश्याम गौतम, जनार्दन घिमिरे, प्रेम सुनार, पि.एम. मगर, अनिल खत्री, तारा भुषाल लगायतको सहयोगमा दिनभरी जसो गुल्मीन्युजले दुर्घटना सम्बन्धी समाचार, अप्डेट, भिडियो र फोटोहरु प्रकाशित/प्रसारित गरी रह्यो । सिङ्गो गुल्मी जिल्ला, देश बिदेशमा छरिएर रहेका गुल्मेली अनी समस्त नेपालीहरुलाई नै शोकमग्न गराउने यस्तो खालको समाचार फेरी सुन्न नपरोस कामना गरौँ ।
यहीँबाट हो बस खसेको ।
बस खसेको स्थानबाट नियाल्दै स्थानियहरु ।
बस कामै नलाग्ने गरी क्षतबिक्षत अवस्थामा पुगेको छ ।
दुर्घटनाको खबर पाए लगत्तै उद्दारकर्मिहरुको भिड लागेको थियो । 

दुर्घटनास्थलबाट मृतकको शब निकालिँदै । 
शब सङ्कलन पश्चात सनाखत गरिँदै । 
श्रृङ्गा उप-स्वास्थ्य चैकिमा राखिएका शबहरु
आफन्तको शब बुझेपछी भावविहिल आफन्तहरु । 
थप फोटोहरु र भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग