Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुवेला खोप दिएकै दिन थानापतीमा २३ जना बिरामी

Published on 8:51:00 PM //


प्रेम सुनार
गुल्मी, असोज ११ । गुल्मीको थानपति गाविसमा आज दादुरा र रुवेला खोप दिएकै दिन २३ जना विरामी परेका छन् । उक्त संख्यामा बिरामी परेको जानकारी प्राप्त हुनासाथ त्यहाँ जिल्ला स्वास्थ्य कार्यलयको टोली पठाइएको कार्यलय प्रमुख डा.हरीबहादुर के.सी.ले बताए ।
आजै खोप दिइएका २३ जनालाई टाउको दुख्ने, ज्वोरो आउने लागाएतको समस्या देखा परेको डा. के.सीले गुल्मीन्युजलाई जानकारी गराए ।
बिरामीमध्ये ४ जना शिविरमै रहेको उनको भनाई छ । राष्ट्रिय खोप अभियान दोश्रो चरणको कार्यक्रम अन्तर्गत राष्ट्रिय उच्च मा.वि. थानापति– ७, थोर्गामा खोप दिँदा सो विद्यालयका ११ र १२ वर्षका छात्राहरु अमृता के.सी., श्रृजना ज्ञवाली, सुष्मा के.सी., संगिता श्रेष्ठ बढि नै गम्भीर विरामी परेको सो विद्यालयका प्र.अ.रमेश ज्ञवालीले बताए । “सुरुमा नर्संरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई खोप दिईयो’ उनले भने –‘कक्षा ८ का विद्यार्थीहरुलाई लगाउन थालेपछि सवैले टाउको दुख्यो, ज्वरो आयो र खुट्टा लुला भए हिँड्न सकेनौ भने ।” उनले थपे– ‘पछि कक्षा ९ र १० का विद्याथीहरुलाई रोकियो । थानपति उपस्वास्थ्य चौकी प्रमुख अहेव गणेश रानाले २३ जना मध्ये चार जनालाई जिल्ला स्वास्थ्यबाट आएको टोलीले भर्खरै साँझ उपचार गरेर घर पठायो ।’
९ महिनादेखि १५ वर्ष उमेर सम्मका वाल वालिकाहरुलाई दिईने उक्त खोपले विरामी परेपछि स्थानियवासी चिन्तीत बनेका छन् ।
पुर्व सांसद समेत रहेका स्थानियबासी कमल श्रेष्ठ आमाको काज कृयाको कुनाबाटै हामीलाई फोन गरेर लापार्वाही हुन सक्ने तर्फ समवन्धीत निकायको ध्यान आकृष्ट गराई दिन आग्रह गरे । पहिलो चरणमा जिल्लाको ३ नम्वर क्षेत्रमा लगाइ सकिएको र दोश्रो चरणको पहिलो दिन आज २ नम्वर क्षेत्र थानपतिका वालवालिका यसरी विरामी परेपछि अन्यत्रका अभिभावक समेत चिन्तीत हुँदै विज्ञहरुबाट छानविन गरेर मात्र लगाउनु पर्ने माग गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग