Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जंगलमा एक जोडी कंकाल; एउटा रुखमा झुण्डिएको, अर्को जमिनमा

Published on 8:32:00 PM //


काठमाडौँ, असोज ११ । भक्तपुरको बागेश्वरी-६ मा रहेको जंगलमा रुखमा झुण्डिएको अवस्थामा एउटा र जमिनमा अर्को गरी एक जोडी कंकाल भेटिएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो ३ बजे फेला परेको ती कंकालहरु कसका हुन् भन्ने बारे केही थाहा हुन सकेको छैन।

रुखमा झुण्डिएको अवस्थामा रहेको कंकाल पुरुषको र जमिनमा रहेको कंकाल महिलाको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। जमिनमा रहेको कंकाल नजिकै एउटा सलसमेत फेला परेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
नागरिक न्युज डट कम

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग