Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालिकोटमा बस दुर्घटना, २८ को मृत्यु (भिडियो समाचार सहित)

Published on 8:48:00 PM //

भिडियो समाचार हेर्न यहाँ क्लिक गर्नुहोला ।
२६ भदौ, कालिकोट । कालिकोटको कर्णाली राजमार्ग अन्तर्गत विर्ताकोट खण्डमा सोमबार राति भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ११ जना घाइते भएका छन् । उनीहरूलार्इ हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।
मान्माबाट जुम्लाका लागि छुटेको ना ४ ख ६८७७ नम्बरको बस पाखा गाबिस १ बिर्तामोडमा सडकबाट ६ मिटर भन्दा तल तिला नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा २२ पुरूष, ४ महिला र २ बालक छन् । उनीहरूमध्ये
१० जनाको मात्र सनाखत भएको छ । चालक जुम्लाका भीमदत्त कुावर, प्रहरी जवान जुम्लाका पसलबहादुर शाही, कालिकोटका गोविन्द कोइराला, कालिकोट जनककुमारी शाही, सैनिक जवान वैतडीका मनोजसिंह कार्की, कैलालीका लालबहादुर भण्डारा, कालिकोट कान्छी मल्ल, कालिकोटका जंगबहादुर शाही, जुम्लाका नरेन्द्र कार्की र मिनबहादुर रोकाय सनाखत भएको कालिकोट प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ११ जनालार्इ हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । नेपालगञ्ज ल्याईएका घाईतेमा कालिकोट मान्मा ३ कि जुनपुरा जैसी, कालिकोट सुकाटिया ४ कि नन्दा भटराई, जुम्ला कालिका ७ का नयाँबहादुर शाही, जुम्ला गुठिचौर ७ का बषन्त बुढा प्युठान गचेरा ८ कि ट्युरा सिंह र जुम्ला चन्दननाथ २ का भैरब रावतलाई फिस्टेल एयरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो ।
त्यस्तै जुम्ला-२ का पदम थापा, पाण्डवगुफा-१ का टोपबहादुर कार्की, पाण्डवगुफा- ४ का बलबहादुर रोका, कालिकोट छाप्रे-५ का रणबहादुर सिंह र मुगु कार्कीवाँडा-२ का जयबहादुर भानलाई पनि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग