फोनको बक्यौता १५ दिनमा नतिरे ३ पुस्ते सहित कालो सुचिमा राखीने
Published on
7:32:00 AM //
अनिल खत्री

गुल्मी जिल्लामा ल्यान्डलाइन अन्तर्गत ५ सय २० को लाइन संञ्चालनमा आएकाहरुबाट हाल बिभिन्न संघ संस्था र ब्याक्ती गरी करिब १२९ ग्राहकबाट रु ३७ लाख ३० हजार ३ सय ३० रुपैँया उठन बाँकी रहेको शाखा कार्यलय गुल्मीले जनाएको छ । त्यस्तै गुल्मी जिल्लाका बिभिन्न ग्रामीण भेगमा संञ्चालनमा रहेका, भिस्याट, मार्टस, भिएचएस फोनका ६० ग्राहकबाट करिब ३३ लाख भन्दा बढी उठन बाँकी रहेको प्रमुख उमनाथ पोखरेलले जानकारी दिनुभयो । छ महिना यता महसुल नबुझाएका मध्ये बिभिन्न संघ संस्था र ब्याक्ती गरि न्यूनतम रु. २ हजार देखि अधिकतम रु १ लाख ८९ हजार सम्म रहेको नेपाल टेलिकम शाखा कार्यलय गुल्मीको भनाइ रहेको छ ।