Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी क्षेत्र नं १ मा भाइरलको प्रकोप

Published on 1:07:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ २६ । गुल्मी क्षेत्र नं १ का केही गाविसमा भाइरल ज्वोरोको प्रकोप देखा परेको छ । क्षेत्रको विशुखर्क गाविस र आसपासका हर्राचौर, दिब्रुङ्ग लगाएतका गाविसमा यस्तो प्रकोप बढेको हो ।
विशुखर्क १ मा सागर हमाल, सञ्जय रम्तेल, पूजा रम्तेल लगाएत ५५ घरधुरी दलित समुदायमा ७५ प्रतिशत भाइरल ज्वोरोबाट थला परेको स्थानीय समाचार सहयोगी विष्णु रम्तेलले बताए । सुरुमा आँखा पाक्ने र भाइरल ज्वोरोले थला पर्ने क्रम बढ्दो रहेको र स्थानीय स्वास्थ्य केन्द्रहरुमा औषधी अभाव भएको उनले जानकारी दिए ।
हर्राचौर, दिब्रुङ्ग लगाएत यस क्षेत्रका विभिन्न गाविसमा भाइरल ज्वोरोको प्रकोप बढ्दै गएको प्रति सम्बन्धित निकायको ध्यानाकृष्ट गराइदिन उनको आग्रह छ ।
उता क्षेत्र नं ३ को म्यालपोखरी गाविसमा पनि भाइरल ज्वोरो देखापरेपछि स्वास्थ्यकर्मीको टोली त्यस तर्फ पठाएको बताउँदै जिल्ला स्वास्थ्य प्रमुख डा. हरीबहादुर के.सी.ले क्षेत्र नं १ मा पनि त्यहाको ईन्चार्जलाई बुझ्न पठाउने बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग