Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भुस्याहा कुकुरले सताउन थालेपछी सहायक सिडियोलाई गुहारियो

Published on 11:01:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २६ भदौ । आफ्नो घरवरपर भुस्याहा कुकुरहरुले सताउन थालेपछि त्यसको व्यवस्थापन गर्न महिलाहरुको एक समूहले आज जिल्ला प्रशासन कार्यालय गुल्मीलाई आग्रह गरेका छन् । सदरमुकाम तम्घास स्थित जनजागृति महिला वचत समूहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा डेलीगेशन गएका महिलाहरुले सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालसँग भेट गरि “कुकुरले निकै सताउन थाले सर कसरि हुन्छ तिनीहरुको व्यवस्थापन गरिदिनु पर्यो” भन्दै आग्रह गरेका थिए ।
सदरमुकाम तम्घास स्थित उपल्लो तम्घास वरिपरि विगत एक महिनादेखि भुस्याहाकुकुरहरुको विगविगी वढ्दै गएको महिला समूहले वताएका छन् । त्यस्ता भुस्याहा कुकुरहरुले मानिसलाई देख्नासाथ टोक्न झम्टिने गरेको भन्दै वाख्रा, पाडा र कुखुराहरुलाई समेत टोकेर मार्ने गरेको गुनासो गरेका थिए । कुकुरहरुको आतंकका कारण आफ्ना वालवालीकाहरुलाई विद्यालय पढाउन समेत समस्या परेको जनजागृति महिला वचत समूहकी अध्यक्ष माया सुनुवारले वताईन । त्यस्ता कुकुरहरु सामुहिक रुपमा हिड्ने र सामुहिक रुपमै घरको गेट अगाडि वस्ने हुनाले तिनीहरुलाई धपाउन खोज्दा तत्कालै मानिसहरुलाई झम्टिने कारणले समस्या वढेको वताईएको छ । डेलीगेसनमा महिलाहरुले भुस्याहाकुकुरहरुलाई ट्रकमा ंराखेर टाढाको जंगलमा लगेर छाडिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले यस विषयमा यस अघि पनि छलफल भएको भन्दै तिनीहरुलाई कसरि व्यवस्थापन गर्ने भन्ने विषयमा तम्घास गाविस, उद्योग वाणिज्य संघ लगायतको सहयोगमा समाधानको उपायहरुको खोजी गरिने आश्वासन दिएका थिए । गत एक महिना अघि पनि गुल्मीको वलीथुम, हस्तिचौर, बडागाउँ लगायतका गाविसहरुमा यसैगरि भुस्याहा कुकुरहरुको आतंक वढेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग