Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा बहुमुखी क्याम्पसमा सन्चालन हुने महायज्ञका लागि जुट्न सबैलाई अनुरोध

Published on 1:54:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ २८ । रेसुङ्गा बहुमुखी क्याम्पस तमघासमा आगामी कार्तिक १५–२२ गतेसम्म संचालन हुने श्रीमद् भागवत एवं विश्व शान्ति महायज्ञ सफल पार्न गुल्मेली र आसपासका जिल्लवासी जो जहाँ भएपनि जुट्न आव्हन गरिएको छ ।
महायज्ञ गुल्मीको शैक्षिक धरोहर मानिने रेसुङ्गा वहुमुखी क्याम्पसको स्नाकोत्तर कक्षा संचालनको कठिन आर्थिक भार कम गर्न सुरु गरिएकोले यस पवित्र उद्देश्य सफल पार्न प्रत्येक गुल्मेलीहरुले साझा दायित्वका रुपमा ग्रहण गरेर जुट्न महायज्ञ प्रचारप्रसार उप–समिति संयोजक श्रीप्रसाद भलामीले आव्हन गरेका हुन् । सो क्याम्पसमा बिहीवार बसेको बैठमा एजेण्डा सुनाउँदै भलामीले भने, “यो क्याम्पस ढल्नु भनेको सबै गुल्मीले ढल्नु हो, निजी क्षेत्रबाट कुन कठिनाईका साथ स्नाकोत्तर कक्षा संचालन भईरहेको छ भन्ने कुरा सवैले मनन गरौं र सबै महायज्ञ सफल पार्न जुटौ ।” वैठकमा अधिकांस सदस्यहरुले पनि जिल्ला वाहिर र विदेशमा रहेका गुल्मेली त्यसैगरी यस क्याम्पस पढ्न पायक पर्ने अर्घाखाँची, बाग्लुङ्ग जिल्ला सम्मका मानिसहरुले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
बैठकले पर्चा–पम्पेलेट, सहयोग रसिद छपाई, अफिसियल मिडीया छनौट र सम्झौता तथा प्रचार–प्रसार समितीको भुमिका आदि विषयमा छलफल र निर्णयहरु गरेको छ ।
बैठकमा समितिका सह–संयोजक दिन पन्थीले प्रस्तुत गरेको पर्चा–पम्पलेट, जिंङ्गल आदि प्रचार समग्रीहरुको लेखन र भाषा शैलीलाई पास गरिएको छ । नेपाली कांग्रेसका पुवं जिल्ला सभापति सुरेशचन्द्र भुषालको अध्यक्षतामा महायज्ञ मुल समारोह समिती गठन भएको छ ।
बैठकमा क्याम्पस प्रमुख चन्द्रकान्ता पन्थी, मञ्च ब्यवस्थापन समितिका संयोजक सालिक पन्थी लगाएत प्राध्यापक र पत्रकारहरुको सहभागिता थियो । समितिका अध्यक्ष श्रीप्रसाद भलामीको अध्क्षतामा सम्पन्न बैठकको संचालन सचिव एवं प्राध्यापक गुणनिधी शर्माले गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग