Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाल दिवस विशेष: बोल्न नसक्ने वाल–वालिकाहरुमा कमजोरी

Published on 2:21:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ २८ । तमघासको एक विद्यालयमा पढ्न वसेका सुस्तमनस्थिती, श्रवण शक्ती नभएका र बोल्न नसक्ने वालवालिकाहरुमा शारिरीक कमजोरी बढेको स्वस्थ्य परिक्षणले देखाएको छ । उपल्लो तमघास माध्यामिक विद्यालयमा भर्ना भएका त्यस्ता वालवालिकाहरुलाई बिहीवार राष्ट्रिय वाल दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले नि:शुल्क स्वास्थ्य परिक्षण गर्दा यस्तो पत्ता लागेको हो ।
"अधिकांश वालवालिकाहरुमा पौष्टिक आहराको कमी देखिएको छ", जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी वालकृष्ण श्रेष्ठले भने, "उनिहरुको शारिरीक अवस्था एकदमै कमजोर भेटियो ।" अर्का अहेव महेश श्रेष्ठले पनि उनिहरुको शारिरीक अवस्था कमजोरी भएका कारण अधिकांश वालालिकाहरुमा आँखा समेत कम देख्ने समस्या देखिएको बताए । उनिहरुलाई आँखा खस्पतालमा रिफर गरिएको छ श्रेष्ठले थपे ।
शारिरीक कमजोरी कै कारण उनिहरु टाउको दुख्ने लगाएतका रोगबाट विरामी पर्दै आएका छन् । अधिकृत वालकृष्णका अनुसार वालिकाहरु राधा वि.क., रमा सोमरे, सम्झना के.सी., विपना के.सी., रिता रेश्मी र वालकहरु प्रितम के.सी., विष्णु बस्नेत, जिवलाल शर्मा विरामी परेका छन् । कुल ३२ जना त्यस्ता वालवालिकाहरु पढ्ने त्यस विद्यालयमा प्रति विद्यार्थी सरकारले मासिक १ हजार खाना खर्च दिन्छ र अहिलेबाट जम्मा ३ सय बढाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पन्थीले वताए । "सामुहिक खाना खुवाईन्छ" उनले दावी गरे, "अन्डा, मासु, साग सव्जी सबै खान पुगेको छ, खानामा कुनै कमी छैन ।" २ वर्षअघिसम्म त्यो रकमले खाना नपुग्ने भन्दै तिन शिक्षकको घरमा बस्ने र श्रम शोषण समेत हुने गरेको गुनासो समेत आएको थियो ।
आफु अध्यक्ष भएदेखि भने छुटाएर विद्यालय मै ब्यवस्थित आवास बनाईएको पन्थीले बताए । ३ जना विषयगत शिक्षक र ३ जना आया (सुसारे) छन् पन्थीले भने । उनिहरु विरामी पर्दा स्कुलले नै उपचार गर्ने र आफुहरुले राम्रै स्यार सुसार गर्ने आया विष्णु कुँवरले बताईन । जिल्ला शिक्षा कार्यलयले त्यस कक्षा, आवस र खान पिनको अनुगमन गर्ने गर्छ की गर्दैन भनेर सौध्दा जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले अस्ती मात्रै लोकनाथ सरलाई पठाएको र आफु पनि केहि दिन अघि पुगेको वताए । हप्तामा कुन वार के के खाना खुवाउने ? तालिका समेत वनाएर राख्न लगाईएको छ उनले भने म फेरी त्यहाँ पुग्छु । उनका अनुसार जिल्लाका रिमुवा, श्रंङ्गा र उपल्लो तमघासमा गरी करिव ५० जना त्यस्ता वाल वालिकाहरुले अध्ययन गर्दछन । जिशिअले भने –“१ हजार हैन मासिक १७ सय एक जनाको लागि जाने गरेको छ ।”

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग