Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवनियुक्त प्रहरी प्रमुख रानालाई सामुदायीक प्रहरी गुल्मीको वधाई

Published on 1:43:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ२८ । सामुदायिक प्रहरी सेवा समाज गुल्मीले नव नियुक्त प्रहरी प्रमुख कुवेरसिंह रानालाई वधाई ज्ञापन गरेको छ । समाजको बिहीवार बसेको बैठकले बधाई प्रस्ताप सर्वसम्मतले पास गरी बधाई दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधी सहित समाजका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उहाँलाई बधाई दिएको हो । "सरकारले भदौ २८ गते रानालाई अतिरिक्त प्रहरी महानिरक्षकबाट महानिरक्षकमा बढुवा गरेकोले उहाँलाई बधाई एवं सफल कार्यकालको कामना गर्दछौं", समाजद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा भनिएको छ । त्यस्तै समाजले हर्दिनेटाको वस दुर्घटनामा ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्नुका साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । समाजले शनिवार वालमन्दिर सभाहलमा साधरण सभागर्ने निर्णय समेत गरेको प्रहरी सहायक निरक्षक रामप्रसाद धवलले जानकारी दिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग