Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तेस्रो रेसुङ्गा कप भलिवलको उपाधी आयोजक गुल्मी संपर्क समितिलाई

Published on 2:39:00 AM //


गुल्मी सम्पर्क समितिद्वारा नवौं पटकको रेकर्ड कायम

रघु त्रिपाठी
गुल्मी सम्पर्क समितिले आयोजना गरेको तेस्रो रेसुङ्गा कप भलिवल प्रतियोगितामा  प्रतिस्पर्धी १६  टिमलाई पछि पार्दै आयोजक गुल्मी सम्पर्क समितिले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।  मङ्गोल्सामा भव्यताका साथ सम्पन्न भएको भलिवल प्रतियोगितामा झण्डै २ सय जना दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

बिहान ११ बजेबाट सुरु भएको प्रतियोगिताको फाईनल खेलमा बलियो प्रतिद्धवन्दी म्याग्दी समाजलाई पराजित गर्दै आयोजक गुल्मी सम्पर्क समितिले नगद ६ लाख वन सहित प्रथम पुरस्कार जित्न सफल भएको हो । कोरियामा आयोजित भलिवल प्रतियोगितामा यो गुल्मीको नवौ जित हो । खेल राती सवा ११ बजे  सम्म चलेको थियो । यसैगरी प्रतिद्धवन्दी म्याग्दी समाजले नगद ४ लाख वन सहित दोश्रो स्थान हासिल गरेको छ भने गोला प्रथाद्धारा २ लाख वन नगद पुरस्कार सहित वाग्लुङ समाजले तेश्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा गुल्मी सम्पर्क समिति “ए”,फ्रेन्डसिप सोसाइटि, गुल्मी सम्पर्क समिति “बि”, बागलुङ सम्पर्क समिति, स्याङ्जा परिवार “ए”, भुपु खेलाडि संघ, नेपाल मगर संघ, लभ इन नेपाल, म्याग्दी सम्पर्क समिति “आर”, खोटाङ सेवा समाज, म्याग्दी सम्पर्क समिति “डब्लु”, कास्की परिवार, भोजपुर समाज, सुदूर पश्चिम समाज, स्याङजा परिवार “बि”, एनआरएन कोरिया आदि टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिको पुरस्कार गुल्मीकै प्रेम अर्याले प्राप्त गरेका थिए भने निर्णायक मण्डलको नेतृत्व भलिबलका राष्ट्रिय खेलाडि केश भक्त गुरुङले गरेका थिए ।

यस अघि समाजसेवाको क्षेत्रमा निरन्तर रुपमा योगदान पुर्याउँदै आउनुभएको वरिष्ठ समाजसेवी तथा व्यवसायी रुद्र शर्माको प्रमुख आतिथ्य तथा गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्धिव सुवेदीको सभातित्वमा सम्पन्न कार्यक्रमको एक समारोहका बीच उद्घाटन गरिएको थियो ।

कार्यक्रमका सभापति सुवेदीले रेसुङ्गा कप भलिबल प्रतियोगिता आयोजना गर्न सहयोग पुर्याउने सम्पूर्ण संघसंस्थाहरुलाई धन्यवाद दिदै कार्यक्रमको उदेश्य अनुरुप गुल्मी जिल्लामा सहयोग पुर्याउने काम कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । गुल्मी जिल्लामा वृद्धाश्रम निर्माणार्थ सहयोग पु¥याउने तथा गुल्मी जिल्लाको पर्यटकीय महत्वको प्रवद्र्धन गर्दै जिल्लाको विकासमा सम्पूर्ण गुल्मेली दाजुभाइहरुलाई समेटेर एकतावद्ध भई अगाडि बढ्ने उदेश्यले रेसुङ्गा कप भलिवल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरिको अध्यक्ष सुबेदीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुद्र शर्माले “गुल्मी सम्पर्क समितिले जस्तै आफ्नो गाऊँठाऊँमा विभिन्न तरिकाबाट सानोतिनो सहयोग पुर्याउने हो भने हाम्रो देशको मुहार फेर्न सहयोग पुग्न सक्ने बताए ।गाऊँको मुहार फेर्नु नै समग्र नेपाल परिवर्तनमा योगदान पुर्याउनु हो ।” सर्माको भनाई थियो । साथै उनले कोरियामा पनि नेपालको सबै भन्दा ठूलो परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको शाखा स्थापना भएको बताउदै यहाँ रहेका सम्पूर्ण नेपाली तथा नेपाली संघ संस्थाहरुलाई हेल्प नेपालको पवित्र कार्यहरुमा सहयोग गर्न आग्रह गरे । शर्मा नेपालीले नेपालीलाई सहयोग गरौ भन्ने अभियानका साथ हेल्प नेपालले नेपालको दूर्गम क्षेत्रहरुमा १०० भन्दा बढी बिद्यालय,पुस्तकालय,वाल आश्रम तथा स्वास्थ्य चौकीहरु स्थापना गरिसकेको बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग