Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाटो बिग्रिदा यात्रुहरुलाई सास्ती

Published on 3:35:00 AM //


अनिल खत्री
गुल्मी, असोज ६ । वर्षातको पानी सगै गुल्मीका भिबिन्न ग्रामिण भेगका मोटर बाटो बिग्रिए पछि चाड पर्वमा आवत-जावत गर्ने यात्रुहरु समस्या परेका छन ।
यतिबेला वर्षातका कारण गुल्मीका अधिकांश ग्रामिण भेगका मोटरबाटो बिग्रिए पछि ग्रामिण भेगमा जाने यात्रुरुलाइ समस्या परेको हो । वर्षका कारण यति बेला गुल्मीका छल्दी पनाह, इस्मा मैदान, घमिर, अर्जै, छापहिले, सिमलटारी, पुर्कोट दह, धुर्कोट, जुभुङ, तुराङ लगायतका ग्रामिण भेगका मोटर बाटो बिग्रएका छन् । मोटर बाटो बिग्रए पछि गाडी कम मात्रमा चलेका छन । ग्रामिण भेगमा चल्ने मोटर बाटोमा जिप केहि मात्रमा चल्दा ओहोर दोहोर गर्ने यात्रुहरुलाइ समस्या परेको छ । हाल ति मोटर बाटोमा अबिरल वर्षका कारण मर्मत भने हुन सकेको छैन प्राय: गरेर ग्रामिण भेगमा चल्ने मोटर बाटोमा वर्षातको पानि रोकिए पछि र चाड पर्व नजिकिदै गरे पछि मात्र मर्मत हुने हुनाले पनि हाल ति बाटोमा हिडने यात्रुहरुकालागी समस्या परेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग