Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दूर्घटनाको कारण: चालक मात्र हैन, यात्रुहरु पनि

Published on 5:55:00 AM //


जनार्दन घिमिरे
गुल्मी, ७ असोज । प्राय जसो हुने सडक दूर्घटनाको मूख्य कारण सवारी चालक मात्र नभएर यात्रुहरु समेत जिम्मेवार रहने गरेको तम्घासमा आयोजित एक अन्तर्कृया कार्यक्रमका सहभागिहरुले वताएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालयकोे संयुक्त आयोजनामा सदरमुकाम तम्घास स्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित वढ्दो सवारी दूर्घटना न्यूनिकरण विषयक अन्तर्कृया कार्यक्रमका सहभागिहरुले उक्त कुरा वताएका हुन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा
आईतवार जिल्ला प्रहरी कार्यालयमा आयोजित वढ्दो सवारी दूर्घटना न्यूनिकरण
विषयक अन्तर्कृया कार्यक्रमका सहभागि अतिथिहरु । तस्विर ः जनार्दन घिमिरे
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले मानविय कारण हुन सक्ने क्षती र दूर्घटनालाई व्यक्त गर्नु भएको थियो । उहाँले एउटा चालकले गरेको सानो गल्तीका कारण पनि धेरै मानिसहरु अनाहकमा दूर्घटनाको शिकार वन्नु परेको भन्दै सवारी चालकलाई वढी होसियार र जिम्मेवार वन्न आग्रह समेत गर्नु भयो । आउँदा दिनहरुमा चालकको लापर्वाहिका कारण हुने सामान्य घटनाहरुमा समेत उसको गल्तीको प्रकृति हेरि डण्ड र सँजाएको भागिदार हुने उहाँको भनाई थियो । कार्यक्रममा यातायात व्यवसायीहरुका विभिन्न संघ संस्थाका प्रमुख, सवारी धनि तथा सवारी चालकहरुले सवारी दूर्घटनाको कारणमा चालकको मात्र दोषी नभएर त्यसमा यात्रुहरुको समेत दोष रहेको वताएका थिए ।
उनीहरुले कतिपय अवस्थामा यात्रुहरुको दवावका कारण वढी यात्रुहरु राखेर सवारी साधन चलाउन वाध्य हुने गरेको, साँगुरो सडक, ट्राफिकहरु चालक मैत्री नभएको, सडकमा जथाभावि निर्माण सामग्रिहरु राख्ने गरिएको र अफ्ठेरो ठाउँहरुमा ट्राफिक संकेतहरु नभएको लगायतका समस्याहरु राखेका थिए ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख जितेन्द्र कुमार वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेसुङ्गा यातायात तथा ट्रक व्यवसायी समितिका अध्यक्ष डिल्लीराज भुसाल, गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोख्रेल, गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष रुपकलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, सवारी चालक तुल्सीराम पन्थी लगायतका व्यक्तिहरुले सवारी दूर्घटना न्यूनिकरणकालािग चालक र यात्रुहरु दुवै जिम्मेवार वन्नु पर्ने वताउनु भएको थियो । सवारी चालक प्रशिक्षण कार्यक्रमा निमित्त प्रहरि प्रमुख जितेन्द्र कुमार वस्नेतले चालु आर्थिक वर्षमा गुल्मी जिल्लामा १५ पुरुष र ५ जना महिला गरि २० जनाले सवारी दूर्घटनामा परि अकालमा ज्यान गुमाएको जानकारी दिनु भएको थियो । उक्त अन्तर्कृया कार्यक्रमको संचालन प्रहरी नायब निरिक्षक रामप्रसाद पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न यातायात व्यवसायी संघसँग आवद्ध सवारी धनि, सवारी चालक र विभिन्न संचार माध्यमहरुमा कार्यरत संचारकर्मिहरुको समेत सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग