Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घाखाँची सेवा समाज कतारको विदाई कार्यक्रम सम्पन्न

Published on 3:20:00 AM //


भुवन के.सी.
दोहा कतार,२१ सेप्टेम्वर । अर्घाखाँची सेवा समाज दोहा कतारले आफना केन्द्रिय कार्य समितिका ३ जना सदस्यहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ, अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र द्धितीय उपाध्यक्ष चिरन्जीवी भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा कार्य समिति सदस्यहरु तथा अन्य जिल्लाबासीहरुको उपस्थिति थियो । आफना्े कतारको कार्यकाललाई अन्त्य गरि सधैको लागि नेपाल फर्कने तयारीमा रहनुभएका सदस्यहरु क्रमशः अर्घाखाँची अर्घा १ का प्रकाश परियार, गोखुगांका अशोक भुसाल तथा खनदहका नारायण के.सी.लाई अध्यक्ष युवराज पाण्डेले कतार बसाईको अवसरमा संस्थामा आवद्ध भई सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरे बापत दोसल्ला, मायाको चिनो तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष भुवन केसीले उहाँहरुले संस्थाको सामाजिक सेवाको उद्देश्य प्रति दिनुभएको योगदान महत्वपूर्ण भएको, त्यस्लाई सेवा समाजले सधै कदर गर्ने र कतारको कार्यकालमा प्राप्त गरेका अनुभव सिप र दक्षतालाई नेपालमा लगानी गर्दै आगामी दिनहरुमा सफलताको लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा खगेश्वर भुसालले विदाई गित प्रस्तुत गरेर विदाईलाई अझ अर्थपूण बनाउनुभएको थियो भने सल्लाहकार युवराज पोखे्रल, कोषाध्क्ष टेकराज थापा, सचिव विष्णु प्रसाद भुसाल लगायत उपस्थित सम्पुर्ण सदस्यहरुले विदाई हुन लाग्नुभएका सदस्यहरुलाई शुभकामना दिनुभएको थियो, विदाई हुने सदस्यहरुले आफुले प्रदेशमा आएर अर्घाखाँची सेवा समाजमा आवद्ध भएपछि पारिवारिक बाताबरण पाएको, दुख सुख पोख्ने थलो एवं एक अर्काको विचमा सदभाव र एकताको कार्य गरेको भन्दै यो विदाइ कार्यक्रमको संस्कार एउटा अति नै उदाहारणीय कार्य भएको र यसलाई आफुहरुले जिवन भर नभुल्ने र जहाँ कतै भए पनि सेवा समाजको कदर र सामाजिक सेवाको जिम्मेवारीलाई वहन गर्ने बताउनु भएको थियो । दोहाको मुन्तजा पार्कमा सम्पन्न भएको उक्त कार्यक्रम सो संस्थाका सचिव विष्णु प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग