Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महंगी बिरुद्ध अनेम संघ बिरोधमा

Published on 2:43:00 AM //


प्रेम सुनार
गुल्मी भाद्र १७ – ग्याँस,  पेट्रोलियम पदार्थ देखि दैनिक अत्यावस्यक उपभोग्य वस्तुमा बढ्दै गएको महगीं बिरुद्ध नेकपा एमाले निकट अखिल नेपाल महिला संघ गुल्मी सरकारको बिरोधमा उत्रिएको छ ।
संघका कार्यकर्ताले आज महंगी विरुद्ध जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाउँदै प्रशासनमा एक घण्टा धर्ना समेत दिएका छन् । सो संघकी केन्द्रिय सचिवालय सदस्य एंव लुम्बिनी अंचल ईञ्चार्ज मैना भण्डारीले मुलुकमा मंहगी लगाएत अराजक , असुरक्षा, भ्रष्टाचार मौलाउनुको मूल कारण राजनैतिक अस्थिरता भएको र स्थिरताका लागि मूलधारका राजनीतिक पार्टीहरु सहमतिमा पुगि निकास दिन संघले जोडदार माग गरेको बताउनुभयो । सघंकी गुल्मी जिल्ला अध्यक्ष ललिता र्गौतमद्धारा हस्ताक्षरित विरोध पत्रमा गत छ महिनाको बीचमा हरेक वस्तुमा २५ देखि ३० प्रतिशत सम्म महंगी बढेको उल्लेख छ । जसले निम्न आय स्रोत भएका जनता बाँच्नै नसक्ने स्थितीमा पुगेको भन्दै तत्काल सरकारको ध्यानाकृष्ट गराउन खोजिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग