Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ्ग लागेर गुल्मी र वाग्लुङ्गमा क्षति

Published on 2:41:00 AM //


पि.एम.मगर
गुल्मी, भदौ १७ । गुल्मीको दोहोली गाविस स्थित दुई घरमा चट्याङ्ग लाग्दा करिव ६५ हजार भन्दा वढीको क्षति भएको छ । गएराति परेको चट्याङ्गले दोहोली गाविस वार्ड नं. ५ स्थित महलाल वस्नेत र फुलमाया वस्नेतको घरभित्रका केही विद्युतीय उपकरणमा क्षति पु¥याउनुका साथै एउटा भैँसी र एउटा खसी समेत मरेको छ।
चट्याङ्गले महलालको एउटा भैँसी मरेको छ भने घरभित्र राखिएको विद्युत मिटरवक्स समेत जलेको छ । त्यस्तै फुलमाया वस्नेतको एउटा खसी मरेको छ भने टेलिभिजनमा समेत क्षति पु¥याएको इस्मा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक चन्द्रवहादुर वुढाथोकीले जानकारी दिए । त्यस्तै गुल्मीकै मुसिकोट गाविसका विभिन्न स्थानमा पनि चट्याङ्गले क्षति पु¥याएको छ। मुसिकोट गाविस वार्ड नं. २ निवासी गोरे सुनारको गोठमा परेको चट्याङ्ग पर्दा एउटा पाडा मरेको छ भने सोही स्थानका देववहादुर दर्जीको एक भैसी पनि मरेको छ । त्यस्तै केसर दर्जीको पनि एक भैसी मरेको स्थानीयवासी इन्द्रवहादुर वोहोराले वताए ।
मानवीय क्षति भने नभएको उनले वताए । त्यसै गरी वाग्लुङ्गको पाण्डवखानी वार्ड नं. ७ मा चट्याङ्ग लाग्दा ४ जना व्याक्ति सामान्य घाईते भएका छन् । गएराती परेको चट्याङ्गका कारण सो स्थान निवासी मोहन पुन, फारम थापा, टेक थापा र धनकला घर्ति सामान्य घाईते भएका छन् भने घरमा वाईरिङ्ग गरिएका विद्युतका तारहरु समेत जलेको स्थानीय सुरेश छन्त्यालले जानकारी दिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग