Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोपोन्मुख बन्दै सुनारहरुको पेशा

Published on 4:02:00 PM //

प्रेम सुनार
कुनै समय थियो तमघासमा काम नचलेपछि झोलामा भाँडा राखेर यहाँका सुनारहरु गाउँका सुनारहरुकहाँ काम खोज्न जान्थे तर अहिले ठिक उल्टो छ । आधुनिक गहना र पसल सिस्टम सुरु भएदेखि यसरी गाउँका सुनार पलायन र तमघासका सुनार जागेका हुन ।
मुसिकोटे सुनारहरुका रुपमा एक समय कहलाएका मध्ये बडागाउ ७ का गोमबहादुर सुनार भन्छन् –“कि त भने रातभरी टुकी बालेर काम गर्दा पनि तिजको डाँडामा जाने बेलासम्म गहना बुझाउन हम्मे–हम्मे पर्दथ्यो अहिले त सपना जस्तै भयो तमघासले हाम्रो पेशा लुट्यो ’ उनले थपे–‘रसान–पसान, भात खुवाईका वाला र ठेंका टाल्न लिएर आउँछन् गहना बनाउन तमघास जान्छन् ।” तकालिन ईस्मा राज्यका दर्जनौ गाउँहरुमा काले सुनारका नामले परिचित त्यस गाउँका भुपाल सुनार, भोटे सुनारका नामले परिचित उनका भाई तारा बहादुर सुनार र चन्द्रे सुनार तिनै जना आजकल ढुङ्गा माटाको मजदुरी गर्न हिड्छन् ।
नयाँ पुस्तामा कहलाएका त्यसै गाउँका शिवबहादरर सुनार यतिबेला ढुङ्गा फोर्न र गाह्रो लगाउने काममा हिड्छन् । हुकुम सुनार विदेश जान बाध्य भए । हाल घर आएका उनि अव त्यही पेशा सुरु गर्ने तयारीमा छन् । प्रचण्ड सरकारको पालामा युवा स्वरोजगार कार्यक्रमबाट ऋण पाउने भईयो अव त फेरी आफ्नो पेशा जगाउँछु भनेका उनिहरु लगानीकै अभावमा त्यो पेशाबाट पलायन भएका हुन । बावुराम सुनरले हालै विदेशबाट घर आएकी श्रीमतिको कमाईबाट डेवेको पसल सुरु गरेको समाचार आईसकेको छ । उनि सहित त्यस गाउँका एक दर्जन बढि घरधुरी सुनारहरुको दलानमा यतिवेला आरन भत्केको छ, कमाउने ज्यावल, कोही आँटी त केहि दैला कुनामा खिाया लागेर थन्कीएका छन् । उनिहरु ठेका टाल्ने र  रसान–पसानको काम आउँदा आँगनमा ढुङ्गाको अस्थाई आरन बनाएर काम गर्छन् । जिल्लाको मानकोटे सुनार, बुढाथोके, मैदाने सुनार, कुन्दाले जयपाल र भाने सुनार सुनार (मुसिकोट अमराई) गोहडेली सुनार त्यसमा पनि नमे सुनार (बडागाउँ ८) र अर्खले २ वालकाटेका सुनार निकै कहलाएका थिए । तर आजकल वजारिकरण हुन थालेपछि लगानीको अभावमा उनिहरु पेशाबाट पलायन भएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग