Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा सम्झना लामिछाने मगरको तीज धमाका (फोटो फिचर)

Published on 3:08:00 AM //

लालबहादुर ढेंगा
युएई, दुबई । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई यसपालि युएईका नेपाली महिलाहरुले आफ्नो रितीरिवाज र परम्परागत ढंगले नेपालबाट आएकी चर्चित लोक गायिका सम्झना लामिछाने मगर र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बिशेष प्रस्तुतिका साथ सांगीतिक माहौलमा धुमधांमसंग मनाएका छन् । काठमाण्डौको कालिमाटीस्थित दिलशोभा श्रेष्ठद्धारा संचालित बृद्धा तथा बालवालिका आश्रमलाई आर्थिक सहयोग गर्ने हेतुले गत १४ सेप्टेम्बर शुक्रबारका दिन दुबईको इम्पिरियल स्वीट्स होटलको हलमा नेपाली कल्याणकारी समिति युएईले विधिवत रुपमा तीज कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावासका राजदूत धनन्जय झा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली कल्याणकारी समितिकी अध्यक्ष ममता बिष्टले गर्नु भएको थियो । अन्य अतिथिहरुमा नेपाली चलचित्रका चर्चित नायिका पूजना प्रधान, नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष चित्र केसी, अर्घाखांची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्का, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष शंकर ज्ञवाली तथा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, व्यावसायी र पत्रकारहरु रहेको कार्यक्रमको पहिलो औपचारिक कार्यक्रमलाई बविता रास्कोटी मगरले संचालन गरेकी थिईन् भने दोस्रो चरण सांस्कृतिक कार्यक्रमलाई उमेश राईले संचालन गरेको थियो । खासगरी महिलाहरुले रमाईलो गरी तीज मनाउने भएकाले खासै मन्तव्यहरु भने थिएनन् । “जिन्दगानी दर्पण छाया...,,भन्ने गीतमा नृत्य गरेकी रंजना श्रेष्ठले तालीको स्वागत पाएकी थिईन् भने “मेरो हुने वालालाई मन पर्छ रे है,, तीज गीतमा माईनस प्लस संगौला र सिता ठकुरीको नृत्यमा सबै दर्शकहरु समेत झुम्न लागेका थिए ।
गायक ज्ञानु लामाको गीत “माया लौ है बस्यो, आ है बस्यो,, लगत्तै फेरि ज्ञानु लामा र रेखा घिमिरेले गाएको “ईसाराले बोलाउनु पर्दैन, माया भए डराउनु पर्दैन गीतलाई सबैले मन पराए । प्रविन बिकले गाएको “तिम्रो जोवनलाई देखेर पिरती गासेको,, र “जुनको ज्योति ल्याएर दिन्छु भन्न सक्दिन म,, गीत सुनेर दर्शकहरुलाई सुनसान अवस्थामा देख्न सकिन्थ्यो । नेपालबाट तीज मनाउन युएई आएकी लोक गायिका सम्झना लामिछाने यसपालि भने हरियो लुंगीमा हरियो चोलाको मैचिङ मिलाउदै पहेलो पोते र कन्ठी लगाएर मगरनी पोशाकमा निक्कै चिटिक्क मगरनी लागेकी थिईन् । म त अझै पनि कुवारी नै छु कोई सोल्ती छ माया लाउने भन्दै स्टेजमा कदम राख्ना साथ दर्शकहरुबाट सम्झना जी सम्झना जी भन्दै आवाजहरु आई राखेका थिए ।
“मायाले हो संसार चलेको,, स्लो भाकाका गीतले दर्शकहरु मन्त्रमुग्ध भएको देखिन्थ्यो भने तीज गीत “यो तीजमा मजाले नाचिन्छ,, मा सबै महिलाहरु स्टेजमा नाच्न पूगे । जय घले र भावना ढकालको युगल जोडीको नृत्य “लालु पाते फुल छैन रुख मात्रै,, ले हलमा अर्कै माहौल बनाएको थियो । त्यसपछि भावना ढकालको एकल नाच “चोरी भो चोरी भो दिल चारी भो,, मा साच्चिकै सबैले दिल नै हराएको मौसुस गरे । दीप शुब्बाले गाएको “दुई दिन मायालाई दिउं के छ र,, र खेमराज घिमिरेले गाएको “तुलसी आगनमा रोपौला,, गीत निकै सान्दर्भिक लाग्थ्यो । यस तीज कार्यक्रमलाई अर्घाखांची अनलाईन डटकमले ीष्खभ प्रशारण गरेको थियो । अर्घाखांची अनलाईन डटकमका सम्पादक कृष्ण बिकले प्रत्यक्ष प्रशारण गरि नेपालमा रहेका आफन्त, दाजुभाई तथा दिदीबहिनीहरुलाई हेर्नका लागि व्यावस्था गरेका थिए ।
त्यस्तैगरी दुबईको अस्तोरिया होटलमा पनि गैरआवासीय नेपाली संघ युएई महिला समिति, प्रवासी नेपाली महिला संघ युएई र जनप्रगतिशिल महिला मंचको संयुक्त आयोजनामा अतिथि कलाकार चर्चित नेपाली लोक गायिका शर्मिला गुरुङ, लोक गायक राजु गुरुङ र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिमा तीज धमाका कार्यक्रम सम्पन्न भएको छ ।
उता युएईको विभिन्न ठाउंहरुमा पनि मादल बजाउदै तीज नाचेको खबर प्राप्त भएको छ । दुईवटा होटलमा भएको तीज कार्यक्रममा टिकटको अभावको कारण प्रवेश नपाएको भन्दै सार्वजनिक पार्कहरुमा समेत तीज नाच्न थालेका हुन् ।









भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग