Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भड्किलो बन्दै तीज, सँस्कृती नभै गहना र लुगा देखाउने प्रतिस्पर्धा

Published on 2:51:00 PM //

प्रेम सुनार
गुल्मी, भदौ ३० । तमघासको एक घरमा गहना कपडाका लागि पति–पत्नी विच काटोछिनो छ यति बेला । नाम बताउन नचाहने ति पुरुषले भने –“विवाहकै गहना काफी छन्, विहे भएको धेरै भएको छैन गहनाका डिजाइन पनि आधुनिक नै छन्” तर श्रीमती भन्छिन् यी गहना त विवाहमै सर्बैले देखेका छन्, नयाँ गहना के देखाउँ तिजमा ? उनले थपे –‘तीन दिनदेखि बोलचाल छैन ” उनी परेको बेला २–४ लाख निकाल्न सक्ने व्यक्ति हुन र त घरमा काटोछिनो त्यस्तो छ । अझ किसानी, मजदुरी गरेर खाने मान्छेको परिवारको अवस्था कस्तो होला ?
तिज भित्रिनुको २ हप्ता अघिदेखि नै गाउँदेखि सदरमुकाम तमघाससम्मका सुनचाँदी पसलमा ग्राहकहरुको भीडभड छ । दोहोलीमा सुनचाँदी पसल राखेका विष्णु सुनार भन्छन् “विहानदेखि मध्यरातसम्म बत्ती वालेर काम गर्दा समेत भ्याइनभ्याइ छ ।” “ग्राहकहरुमध्ये कतिपय दम्पती सुन पसलमै झगडा गर्छन् । ’श्रीमान् भन्छन् २५ लालको औठी, श्रीमतीलाई चाहिन्छ आधा तोला, यस्तैमा बढी झगडा हुन्छ” विष्णुले भने ।
यता तमघासको बालमन्दिर लाइनस्थित दिपक सुनचाँदी पसलका प्रोप्राइटर दिपक सुनार एक जोडीले डेढ लाखको गहना किनेर लगेको बताउँछन् । विरबासको लाहुरे जोडी हो त्यो, उनले भने – ’नाम चाही नदिउँ तर त्यो जोडीले डेढ लाखका गहना किन्दा श्रीमतीको चित्त बुझेकै थिएन ।”
सुनारको अनुभवमा एउटा यस्तो पनि जोडी भेटीयो कि जसले ७ वर्षिया छोरीको उपचार तमघासमा हुन नसकेपछि कानका मडवारी बेचेर पनि गए । उनले भने –“कतै अवस्था त्यस्तो छ कतै डेढ लाखको गहना किनीदिंदा पनि चित्त नवुझ्ने श्रीमति छन् ।”
सुनचाँदी व्यवसायि संघ गुल्मीका उपाध्यक्ष रामु सुनार भन्छन् –“आफ्नो पसलमा गत ३ दिनमा सरदर ४ -५ लाख रुपैँयाको व्यापार भयो ।” “सदरमुकाम तमघासमा मात्रै ३६ वटा सुनचाँदी पसल छन् । सदरमुकाम वाहिर करिव ४० वटा सुनचादी पसल दर्ता छन् उनले भने “सबै पसलमा यति नै व्यापार त नहोला सरदर आफै जोड्नुहोस् गुल्मीमा कतिको व्यापार भए होला ?”
लंकामा सुन छ कान मेरो बुचै: तमघास लाँकुरी मञ्चको श्रीगणेश ग्यारेण्टी गहना
पसलमा नक्कली गहनाहरु छान्दै महिलाहरु । फोटो: प्रेम सुनार 
रामु र दिपकको गत ३ दिनमा सरदर ४ लाखको व्यापारलाई मध्य नजर राख्दा प्रति पसल न्युनतम २ लाखका दरले तमघासका ३६ वटा पसलमा मात्रै गत ३ दिनमा ७२ लाखको व्यापार भएको अनुमान गर्न सकिन्छ । सदरमुकाम वाहिर समेतलाई जोड्दा गत ३ दिनमा झण्डै २ करोडको हाराहरीमा ब्यापार भएको हुन सक्ने उपाध्यक्ष रामुको अनुमान छ । चाँदीको व्यापार भने खासै छैन’ उनले भने –“२५ दिन अघि सुनको भाउ प्रतितोला ६३ हजार पुगेपछि गत तिजको तुलनामा अहिलेको व्यापार न्यून छ ।” सुनमा उच्चतम मुल्यबृद्धीले यसपालीको तिजको न्यून व्यापारले रेकर्ड नै राख्ने अवस्था भएको अन्य सुनचाँदी व्यवसायीहरुको पनि भनाई छ ।
यतिबेला सदरमुकामका सुनचाँदी पसलमा भन्दा भिड ग्यारेण्टी गहना पसलमा लाग्ने गरेको छ । बडगाउँकी निरा सुनारले सुनका गहनाकै खातिर दुई महिना अघि हस्तीचौरका दुवै बुढाबुढीलाई आफ्नै भान्जाले घनले हानेर मारेको घटना स्मरण गराउँदै भनिन् “सुनको गहनाले त्यसरी ज्यान लियो, त्यसैले ग्यारेण्टीका गहना किन्न आएकी हुँ । ” उनले थपिन–’त्यस माथी हामी गरिवले सुन किन्न घर-बारी वेच्नु पर्ने अवस्था छ ।”
निरा जस्ता गरिव विपन्न चेलीहरुको तिजमा तमघास लाँकुरी मञ्चको श्रीगणेश गहना पसलले ईज्जत धानीदिएको  छ । गत वर्षदेखि संचालमा आएको उक्त पसल राम्रै चलेको छ । प्रो. लक्ष्मण भुषाल भन्छन– “सरदर मासिक १५ हजारसम्मको गहना विक्री हुन्छ । गरिव मात्र होईन खास त धनीहरु नै बढि आउँछन’ भुषालले भने । ३ बर्ष अघि विवाह भएकी अस्लेवाकी चेली रीता भण्डारी गहना विना पनि तिज रमाईलै हुने बताउँछिन् । “घडेरी किन्दा गहना सबै बैंकमा राखियो’ उनले भन्न्–"अहिले गहना निकाल्ने उपाय भए ।"
“गहना कपडा प्रदर्शन गर्ने भड्किलो तिज मलाई मन पर्दैन, मेरो त यिनै १६ लालका टपले तिज जाँदैछ ।” गहनासंगै कपडा पसलमा पनि भिड बढ्दो छ । तर केहिवर्ष अघिसम्म काँचो कपडा पसलमा हुने त्यो भिड अहिले ईतिहास जस्तै बनेको छ । कपडा पसलको त्यो भिड फेन्सी पसलमा सरेको छ । सदरमुकामका केहि संचालनमा आएपनि ग्रामिण क्षेत्रका अधिकांस कपडा पसल बन्द गरेर अन्य समानहरु राख्न थालिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग