Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिपद व्यवस्थापनका लागि सबै निकाय चनाखो हुनुपर्ने

Published on 12:02:00 AM //


जनार्दन घिमिरे
गुल्मी, १४ असोज । जिल्लामा आई पर्ने विपदलाई कसरि व्यवस्थापन गर्ने भन्ने विषयमा सदरमुकाम तम्घासमा आज अन्र्तक्रिया कार्यक्रमको आयोजना गरियो । सदरमुकाम तम्घास धागिथुम स्थित कालीदत्त गुल्मले आयोजना गरेको उक्त अन्तर्कृया कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला कार्यालय तथा संघ संस्थाले आआफ्नो कार्यालयको तर्फवाट फरक फरक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
अन्तर्कृया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले कुनै पनि विपदका घटनाहरु अकस्मात रुपमा आउने र त्यसले ठूलो जनधनको क्षती गर्ने हुनाले त्यसको व्यवस्थापनमा सवै निकायहरु चनाखो हुनु पर्ने वताउनु भएको थियो । उहाँले नागरिक सचेतना, पूर्व तयारी र दिर्घकालीन विपद व्यवस्थापनको अभावमा विपदका घटनाहरु वढ्दै गएको समेत वताउनु भयो ।
कार्यक्रममा जिल्ला विकास समिति गुल्मीका योजना अधिकृत वावुराम पल्लीले विपद व्यवस्थापन सम्वन्धि जिल्लाको कार्य योजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उहाँले विपद व्यवस्थापनको प्रमुख चुनौती भनेको वजेट, आवश्यक सामग्रिहरु र तालीम प्राप्त दक्ष जनशक्तिको कमि जस्ता कारण मुख्य रहेको वताउनु भयो । उक्त कार्यक्रममा काली दक्त गुल्मका गुल्मपति मनोज कुमार थापाले विपद व्यवस्थापनमा नेपाली सेनाले गरेको काम कर्तव्यका साथै आगामी दिनमा सेनाले व्यवस्थापनका लागि निभाउनु पर्ने भूमिकाको वारेमा प्रकाश पार्नु भएको थियो । सोही अवशरमा नेपाल रेडक्रस सोसाईटि गुल्मीका उपसभापति अनन्तराम पौड्यालले रेडक्रसले जिल्लामा विपद व्यवस्थापनका लागि गरेका कामहरुको वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
आज विहान सम्पन्न भएको उक्त अन्तर्कृया कार्यक्रममा राजनैतिक दलहरुको तर्फवाट एकिकृत नेकपा माओवादीका राज्य समिति सदश्य वुद्धि जी सी, नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष वोमवहादुर खड्का, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदश्य जीवन राना, राप्रपाका अध्यक्ष भरतवहादुर चन्द लगायत जिल्ला स्थित विभिन्न सरकारी तथा ग्रैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिहरुको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग