Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतिलाई बाँदर ठानेर गोली ठोक्दा

Published on 2:37:00 PM //

रुकुम, असोज ७ - रुकुमकोट गाविस- १ रानीकोटमा एक व्यक्तिले बाँदर भनेर बन्दुक पड्काउँदा आफ्नै श्रीमतीको मृत्यु भएको छ। स्थानीय वेदप्रकाश पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ। 

घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले गोली हानेका थिए। उनले हानेको बन्दुकको गोली श्रीमतीको घाँटीमा लागेको थियो। वेदप्रकाशलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
घटना शनिबार बिहान भएको भए पनि सञ्चारको अभावमा राति अबेर मात्र प्रहरी घटनास्थल पुगेको थियो।- रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग