Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिमपहिरोमा पुरिएर ९ जना बिदेशिको ज्यान गयो, पाँच जना बेपत्ता

Published on 2:43:00 PM //


हिमपहिरो अपडेट :
गोरखा, ७ असोज ।  मनास्लु हिमालको आधार शिविरमा गएराति गएको हिमपहिरोमा पुरिएर आठ विदेशी पर्यटकको ज्यान गएको छ । मनास्लु हिमालको करिव सात हजार तीन सय मिटर उचाइमा भएको घटनामा अन्य पाँच जना बेपत्ता भएका छन् । हिमपहिरोमा परी १३ जना घाइते भएका छन् । घाइतेको आज विहान उद्धार गरी काठमाडौंका अस्पतालमा उपचार भैरहेको छ भने एक जनाको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो ।
घाइतेको काठमाडौंको थापाथलीस्थित नर्विक अस्पतालमा दुइ र लाजिम्पाटस्थित सिविक क्लिनिकमा तीन जना उपचार भैरहेको छ । मनास्लु हिमाल आरोहणका लागि सामगाउँ गाविस वडा नम्बर ४ स्थित आधार शिविर पुगेका जर्मन र फ्रेन्च पर्यटक पहिरोमा पुरिएका हुन् । घटनास्थल विकट भएकाले घटनाको विस्तृत विवरण अझै आउन सकेको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग