Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१० बर्षे कृषि योजना कार्यन्वनमा जोड

Published on 11:41:00 PM //


प्रेम सुनार
गुल्मी, असोज ९ । जिल्लाको समग्र बिकाशका लागि गत वर्षदेखि ल्याईएको १० बर्षे कृषि योजना अब छिट्टै कार्यन्वनमा ल्याउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । १० कृषि योजनाको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा आज जिल्ला विकास समितिले आयोजना गरेको अन्तर्कृया कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । स्थानीय राजनितिक दल एवं सवै पक्षले माथिल्लो निकायमा घचघच्याउनु पर्ने कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल लगायतका वक्ताहरुले दिएका थिए ।
कार्यक्रममा योजनालाई कसरी कायान्वयनमा ल्याउने भन्ने विषयमा जिल्ला कृषि विकास कार्यालयका योजना विकास अधिकृत मणिरत्न अर्याल र जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक महेन्द्र मल्लले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, संघसस्था, राजनितिक दलका प्रतिनिधीहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका युवराज केसी, नेकपा एमालेका जिल्ला अध्यक्ष वोम वहादुर खड्का, राष्ट्रिय जनमोर्चाका जीवन राना, राप्रपाका अध्यक्ष भरत वहादुर चन्द, राप्रपा नेपालका अध्यक्ष त्रिविक्रम चन्द लगायतका सहभागी रहेका थिए ।
स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग