Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल बिद्यार्थी संघको इकाइ समिती गठन

Published on 11:23:00 PM //



अनिल खत्री
गुल्मी, असौज ९ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संघ गुल्मीले संगठन बिस्तारलाई तिब्रता दिएको छ । संघले गुल्मी जिल्लाका बिभिन्न ग्रामीण भेगमा पर्ने माबि, उच्चमाबिहरुमा संगठन बिस्तारलाई तिब्रता दिएको हो ।

संगठन बिस्तारको क्रममा गुल्मी जिल्लाको अर्खलेमा रहेको जनसहयोग माबिमा अनिल खनालको सभापतित्वमा ३७ सदस्यीय इकाइ समिती गठन गरेको छ । जस्को उपसभापतिमा बिनोद मरासीनी, सचिव रमेश खनाल, सह-सचिव यमुना ज्ञवाली र कोषाध्यक्षमा उमा पन्थी रहेका छन । कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका स्वबियू सदस्य झबिन्द्र पाण्डेय लगायतको उपस्थिती रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग