Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तमघासमा अतिक्रमित सार्वजनिक जग्गामा रेखा लगाईयो, स्थानियबासी उत्साहित

Published on 2:42:00 AM //


प्रेम सुनार
गुल्मी, असोज ९ । आईतवारदेखि तमघासमा सुरु भएका अतिक्रमित सार्वजानिक जमिन नक्साङ्गनको तेस्रो दिन आज पनि स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ । तमघास नगर विकास समितिको आयोजना र जिल्ला प्रशासन कार्यालयको पहलमा हिजो बाख्रेछेडादेखि सुरु गरिएको नक्साङ्गकन कार्य आज सहिदचोक सम्म सकिएको समितिका अध्यक्ष गिरीराज पाण्डेले बताए ।
३ महिना भित्रमा अतिक्रमित जग्गा फिर्ताको काम सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जानकारी गराए । “बाख्रछेडादेखि सहिदचोकसम्म व्यक्ति र संस्थाले २.५ मिटरसम्म सार्वजनिक जमिन मिचेको पाईयो’ पाण्डेले भने –‘त्यसमा रेखा लगाइएको छ ।” वर्षौदेखि मिचिएको सार्वजानिक जमिन फिर्ता प्रकृयामा स्थानिवासीको सहयोग र सहभागिताले काम गर्न सजिलो भएको उनको भनाई छ । नक्सांङ्गन कार्यमा जिल्ला प्रशासन, नापी शाखा, वन कार्यालय, तमघास गाविस कार्यालयका प्रतिनिधीहरु सहभागि छन् ।
सहिदचोकदेखि तलको भागमा भने कतिपय स्थानमा खोलैमाथि घर बनेका छन् । जहाँ जसले जे जति सार्वजनिक जमिन अतिक्रमण गरेको भएपनि त्यो सबै फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताउँदै आएका छन् । “हिजो को कसले के गरे सवाल व्यक्तिको नभएर सार्वजानिक सदरमुकाम बाहिर ग्रामिण भेगमा यो भन्दा पनि बढी सार्वजनिक जमिन अतिक्रमण बढेको सम्वन्धमा नेपालले त्यहाँ पनि काम सुरु गरिने बताए ।
“प्रशासनले नचाहेर होइन, जनशक्तिको अभावले ढिला भएको हो त्यसका बाबजुत पनि अब सो कार्यलाई अगाडी बढाईन्छ उनले भने । बषौंदेखि स्थायिवासीले उजुरी दिदा समेत सुनुवाई नभएको उक्त कार्य सुरु गरिदा सर्वसाधरण समिति र प्रशासनप्रति खुश देखिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग