Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवतीलाई निवस्त्र बनाएर गाउँ घुमाएपछि…..

Published on 1:41:00 AM //


एजेन्सी, आश्विन ७ । पाकिस्तानमा हालै भएको एक घटनाले त्यहाँको माहोल तनावपूर्ण भएको छ । पाकिस्तानको पञ्जाव राज्यमा केही युवकले मौलवी (मुस्लिमहरुका धर्मगुरु)की छोरीलाई निवस्त्र बनाएर पुरा गाउँ घुमाएका छन्, जसका कारण पूरै राज्यमा तनाव सिर्जना भएको हो ।

द एक्सप्रेस ट्रिब्युन नामक पत्रिकामा प्रकाशित एक रिपोर्टले यस कुराको दाबी गरेको छ । रिपोर्टका बमोजिम उक्त घटना सार्वजनिक भएपछि पूरै पञ्जाव राज्यभरी तनाबको स्थिति सिर्जना भएको बताइएको छ ।

रिपोर्टका अनुसार उक्त सनसनी फैलाउने घटना वितेको बुधबार भएको हो । त्यहाँको लाहोरस्थित क्षेत्रका मुस्लिम धर्मगुरु अल्लाह दीताका छोरीमाथी यस्तो अपमानजनक घटना भएको हो । धर्मगुरुका तीन छोरीहरु माथी स्थानीय ५ युवकले हातपात गरे, जसमध्ये उनका २ छोरी युवकहरुको पञ्जाबाट फुत्केर भागे भने एक छोरीलाई युवकहरुले पक्डिए ।

त्यसपछि ती ५ युवकले धर्मगुरुका छोरीको कपडा च्यातिदिए । उनीमाथी बलात्कार गर्ने प्रयास गरे र उनलाई नांगो बनाएर गाउँ घुमाए । ती ५ युवकहरु मध्येका एकले धर्मगुरुको छोराले आफ्नी बहिनीको साथ दूव्र्यबहार गरेको आरोप लगाएका थिए । त्यसपछि गाउँका बुज्रुकहरुले धर्मगुरुका छोरालाई २ वर्षका लागि गाउँबाट निकाला गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग