Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकिएको छैन तीज: रिडिमा खुल्ला तिज प्रतियोगिता, अस्लेवाको समुह प्रथम (फोटो फिचर)

Published on 9:50:00 PM //



 रुरु नेट्वर्क
रिडी, असौज ८ । सप्तचन्डी महिला समुहको आयोजनामा आज रिडीको रुरुक्षेत्र खेल मैदानमा खुल्ला तिज गीत प्रतीयोगिता सम्पन्न भएको छ । हजारौ दर्शकहरुको उपस्थिती रहेको आजको कार्यक्रममा १० वटा समुहले भाग लिएका थिए । प्रतिस्पर्धीहरु मध्ये सर्बोत्कृष्ट नाच प्रस्तुत गर्ने समाज सेवा आमा समुह, अस्लेवा प्रथम भइ १० हजार रुपैँया पुरस्कार प्राप्त गर्न सफल भएको थियो त्यस्तै रामकृष्ण आमा समुह, कारीकोट स्याङ्जा दोश्रो भई नगद ६ हजार रुपैया र भैरव ग्रामीण महिला समुह, भैरबस्थान पाल्पा तेश्रो भइ नगद ३ हजार रुपैया प्राप्त गर्न सफल भएका थिए । कार्यक्रम दुइ खन्डमा बिभाजन गरी सन्चालन गरीएको थियो पहिलो खन्डमा प्रतिस्पर्धीहरुले स्टेजमा उपस्थित भई १० मिनट नाच प्रस्तुत गर्न लगाइएको थियो जसका लागि ९० अंक छुट्टाइएको थियो भने दोश्रो खन्डमा सम्पूर्ण प्रतिस्पर्धीहरुलाई खुल्ला मैदानमा एकै साथ नाच-गान प्रस्तुत गर्न लगाइएको थियो जसका लागि १० अंक छुट्टाइएको थियो । धना रानाको सभापतित्वमा संचालित कार्यक्रमको प्रमुख अतिथी माया गुरुङ रहनु भएको थियो भने बिशेष अतिथीमा रुरु गाबिस सचिब बोधराज आचार्य रहनु भएको थियो। कार्यक्रमको उदघाटन कार्यक्रमका सभापति धना राना र प्रमुख अतिथी माया गुरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रमको सन्चालन सुशिल श्रेष्ठले गर्नु भएको थियो।










समाचार तथा तस्बिर सौजन्य: रुरु नेटवर्क

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग