Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षा कार्यालय गुल्मीले सप्ताहव्यापी अनुगमन सक्यो

Published on 11:23:00 AM //


प्रेम सुनार
गुल्मी, असोज ९ । नियमित कार्य अन्तर्गत जिल्ला शिक्षा कार्यालय गुल्मीले सप्ताहव्यापी विद्यालय अनुगमन कार्य सम्पन्न गरेको छ । कार्यालय कर्मचारी, विद्यालय निरीक्षक र स्रोतव्यक्तिको टोलीले जिल्लाका ३ सय भन्दा बढी विद्यालयको अनुगमन गरेको सूचना अधिकृत एवं विद्यालय निरीक्षक झविलाल विश्कर्माले बताए । जिल्लाको शैक्षिक गुणस्तर , सिकाई उपलब्धी र विद्यालयका तहको भौतिक तथा प्रशासनिक पक्षमा सघाउ पु¥याउने उद्देश्यले सप्ताहव्यापी अनुगमन सञ्चालन गरेको जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले जानकारी दिए ।
जिल्लाका २१ वटा विद्यालयहरुमा अनुगमनलाई अनुगमनकै रुपमा सञ्चालन गरिएको शाखा अधिकृत हरीलाल अर्यालको भनाई छ । विद्यालय सुधार योजना निरन्तर विद्यार्थी मूल्याकन अभिलेख र सामाजिक परीक्षण भए नभएको जानकारी लिन र अनिवार्य रुपमा कार्यन्वयमा ल्याउन अनुगमन सहयोगी हने उपसचिव भोजबहादुर के.सी.को विश्वास छ । अनुगमनका क्रममा निरन्तर विद्यार्थी मूल्याङ्गन अभिलेखलाई शान्तिपुर स्रोतकेन्द्रले अक्षरस कार्यन्वयनमा ल्याएको टोलीको ठहर छ।
अनुगमनमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिहरु पुग्न सकेका छन्, छैनन ? त्यसको पनि सार्वजानीक गरिने कुराप्रति जिल्ला शिक्षा ज्ञवालीले सचेत गराए । आगामी पौष तेस्रो सातापछि अभियानलाई पुन सप्ताहव्यापी बनाइने ज्ञवालीको भनाई छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग