Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत नियमित गर्न माग गर्दै तीन दिने अल्टीमेटम

Published on 11:49:00 AM //


जनार्दन घिमिरे
गुल्मी, ९ असोज । नेपाल विद्युत प्राधिकरण शाखा गु्ल्मीले जिल्लामा नियमित रुपमा विद्युत आपुर्ति नगरि उपभोक्ताहरु माथि खेलवाड गरेको भन्दै नियमित रुपमा विद्युत आपुर्तिका लागि विभिन्न संघ सस्थाहरुले तीन दिने अल्टीमेटम दिएका छन् ।
गुल्मी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ गुल्मीले मंगलवार संयुक्त रुपमा एक विज्ञप्ती प्रकाशित गरि विद्युत प्राधिकरणकणलाई ध्यानाकर्षण गराउँदै उक्त अल्टीमेटम दिएका हुन् । विगत केही दिनदेखि गुल्मी जिल्लामा अप्रत्याशित रुपमा साँझको पटक लाइन जाने र आएको लाइनमा पनि प्रयाप्त भोल्टेज नपुगी लाइन डिम हुने समस्याबाट गुल्मी जिल्लामा रहेका साना उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा ठूलो समस्या उत्पन्न भएको भन्दै आफुहरुले वाध्य वनेर विद्युत नियमित गर्न माग गर्दै तीन दिने अल्टीमेटम दिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले वताउनु भयो ।
गुल्मी जिल्ला कालीगण्डकी ए प्रभावित जिल्ला र गुल्मी जिल्लाकै रिडीबाट २ मेघावाटको विद्युत उत्पादन गरिसकेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले सहमतिलाई वेवास्ता गरि विद्युत सेवा अनियमितता गरेको भन्दै यदी आगामी ३ दिनभित्र समस्याको समाधानमा नभए विद्युत प्राधिकरणमा तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग