Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा विकास बैंक छैठौं बर्षमा प्रवेश

Published on 7:46:00 AM //

जनार्दन घिमिरे
गुल्मी, ९ असोज । गत पाँच वर्ष अघि गुल्मीको सदरमुकाम तम्घासमा  स्थापना भएको रेसुङ्गा विकास वैंकले आज आफ्नो स्थापना कालको छैटौं वार्षिकोत्सव मनाएको छ । २०६४ असोज ९ गतेबाट गुल्मीको तमघासमा रजिष्टर्ड कार्यालय रहने गरी रेसुङ्गा विकास बैंकको स्थापना गरिएको थियो । वार्षिकोत्सवको अवशरमा मंगलवार तम्घासमा आयोजित कार्यक्रममा उक्त विकास बैंकको अधिकृत पूँजी रु २० करोड, जारी तथा चुक्ता पूँजी रु ७ करोड ३ लाख ८० हजार रहेको वैंकका प्रमुख कार्यकारी अधिकृत सार्जन भट्टराईले वतथाउनु भयो ।
वार्षिकोत्सवको अवशरमा कार्यक्रमा सहभागि अतिथिहरु । तस्विर ः जनार्दन घिमिरे
 गत आर्थिक वर्षमामा बैंकले रु १ करोड ९५ लाख खुद मुनाफा गरेको थियो भने हाल २०६९ भाद्र मसान्त सम्म बैंकले रु १ अर्ब ३२ करोड ४० लाख निक्षेप संकलन गरी रु ६९ करोड रुपैंया कर्जा प्रवाह गरेको वताइएको थियो विकास बैंकको संचालक समितिको निर्णय बमोजिम गत आर्थिक वर्षसम्मको संचित मुनाफाबाट गत असार मसान्त सम्म चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
बैंकबाट वित्तीय विवरण प्रकाशानार्थ स्वीकृति प्राप्त भई बैंकको पाँचौ साधारण सभाबाट पारित भएमा प्रस्तावित बोनस शेयर वितरण गरिने कार्यकारी अधिकृत भट्टराईले जानकारी दिनु भएको छ । हरेक बर्ष जस्तै यस बर्षपनि बैंकले सामाजिक उत्तरदायीत्व अनुरुप गुल्मी जिल्लाभित्र ब्यवस्थापन संकाय अन्र्तगत कक्षा ११ र १२ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने १ जना छात्र र १ जना छात्रालाई जनही रु दश-दश हजारको पुरस्कार वितरण गरेको छ । यस बर्ष उक्त पुरस्कार जनबोध उच्च माध्यमिक विद्यालय रानिवासकि छात्रा सिर्जना ज्ञवाली र सोही विद्यालयका छात्र बरुण ज्ञवालीलाई प्रदान गरेको छ ।
बैंकले दुर्घटना बीमा वापत क्षमाकुमारी खड्का, कृष्णलाल भण्डारी र हिमाकुमारी रायमाझीलाई जनही एकएक लाख रुपैंयाको चेक कार्यक्रममा हस्तान्तरण गरिएको थियो । मुख्य कार्यालय सदरमुकाम तम्घासमा राखेर वैंकले जिल्लाका ग्रामिण क्षेत्रहरु वलेटक्सार, खैरेनी, मजुवा, शान्तिपूर, वामीटक्सार र सिमलटारीमा गरि ६ स्थानमा आफ्ना शाखाहरु समेत विस्तार गरि सकेको छ । पाँच वर्षको अवधिमा सो वैंकमा हालसम्म २८ हजार व्यक्तिहरुले खाता संचालन गरेको वताईएको छ ।
रेसुङ्गा विकास वैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, गुल्मी विकास वैंकका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवि शर्मा, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष तथा संचालक समिति सदश्य कृष्णप्रसाद भण्डारी, पुरस्कृत छात्रा सिर्जना ज्ञवाली लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी तथा गैह्र सरकारी संघ संस्था, उद्योगि व्यापारी तथा संचारकर्मिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन वैंकका प्रवन्धक दिपक पोखरेले गर्नु भएको थियो ।
गुल्मी जिल्लाभित्र ब्यवस्थापन संकाय अन्र्तगत कक्षा ११ र १२ मा सर्वोत्कृष्ट अंक प्राप्त गरेकी रानीवासकी छात्रा सिर्जना ज्ञवालीलाई
पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल । तस्विर ः जनार्दन घिमिरे
वार्षिकोत्सवको अवशरमा कार्यक्रमा सहभागि अतिथिहरु । तस्विर ः अनिल खत्री


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग