मासु व्यावसायीको आन्दोलन फिर्ता
Published on
12:54:00 AM //
पि.एम.मगर
गुल्मी, भदौ १८ । मासु व्यावसायी सघं गुल्मीले आफुखुसी मासुको मूल्य वृद्धि गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले उक्त मूल्य वृद्धिमा रोक लगाएपछि गत छ दिन अघिदेखि आन्दोलनमा उत्रीएका मासु व्यवसायी संघले आजदेखि आफ्नो आन्दोलन फिर्ता लिएको छ ।

व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय र मासु व्यवसायी समितिसंग कुनै समन्वयनै नगरि संघले एकतर्फि ढंगले विना आधार मूल्य वृद्धि गरेको भन्दै प्रशासनले मासुको मूल्य वृद्धिमा केही समयकोलागि रोक लगाएको थियो । वजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा मासु व्यवसायी समिति र मासु व्यवसायी संघ लगायतको रोहवरमा उक्त निर्णय गरिएको होटल व्यवसायी मञ्चका अध्यक्ष युवराज भण्डारीले जानकारी दिनु भएको छ । तर खसी र रागापाडाको मासुको मूल्य भने यथावत नै कायम गरिएको छ ।