Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमिताभको एक जोडी पाइन्ट लिलामीमा

Published on 11:41:00 PM //


केही समयअघि पोर्नस्टार सनी लियोनले आफूले फिल्म 'जिस्म २' मा लगाएको बिकिनी लिलामी गर्ने हल्ला चलाएकी थिइन् । त्यस्तै बलिउड अभिनेता अभिताभ बच्चनले नै आफूले लगाएको एक जोर जिन्स पाइन्ट लिलामी गर्ने भएका छन् ।

अभिताभले आफैँ भने पाइन्ट लिलामी गर्न लागेका होइनन् । गरीब बालबालिकाको सहयोगार्थ एक गैरसरकारी संस्थाले उनको एक जोडी पाइन्ट लिलामी गर्न लागेको हो ।

अमिताभले आफ्नो हस्ताक्षर गरेर एक जोडी जिन्स पाइन्ट परिक्रमा नामको संस्थालाई प्रदान गरेका हुन् । अमिताभ बाहेक बलिउड हस्तीहरु करिना कपूर, दीपिका पादुकोण, सैफ अली खान, प्रियंका चोपडा, शाहिद कपूर, सोनम कपूर, अनुस्का शर्मा, अनिल कपूर र कंगना रनावतले बालबालिकाको सहयोगका लागि आफूले लगाएका लुगा लिलामीका लागि एक कार्यक्रमकाबीच उक्त संस्थालाई प्रदान गरेका हुन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग